Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

आर्थिक समृद्धिको नेतृत्व कांग्रेसले मात्र गर्न सक्छ : नेता सिंह

\"\"काठमाडाैं । पूर्वउपप्रधानमन्त्री एवं काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले मुुलुकको आर्थिक समृद्धिको नेतृत्व कांग्रेसले मात्र गर्नसक्ने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसले अवलम्बन गरेको आर्थिक उदारीकरणका कारण मुलुकमा औद्योगिक, व्यापारिक, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य, हवाई यातायात, सञ्चार र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए । उनले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले चुनेका प्रतिनिधिले बनाएको संविधानले नेपालको राजनीतिक व्यवस्थाको टुंगो लगाइसकेको हुनाले अब आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे । नेता सिंहले जनताको आर्थिक विकासको एजेण्डा नभएका दलले जनताका प्रतिनिधिले बनाएको संविधानको मर्मविपरीत कम्युनिष्ट शासन स्थापना गर्ने सपना देखेको आरोप लगाए । कार्यक्रममा काठमाडौँ क्षेत्र नं १ को प्रदेशसभा (क) का कांग्रेसका उम्मेवार दीपेन्द्र श्रेष्ठ र (ख)का उम्मेदवार सुरज लामिछानेले कांग्रेसले युवालाई समेत जिम्मेवारी दिएको उल्लेख गर्दै लोकतन्त्रको संरक्षण, पूर्वाधार विकास, आर्थिक समृद्धिका लागि काँग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वअध्यक्ष चूडाराज उप्रेतीले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि काँग्रेसबाहेक अरुले दिन नसक्ने भन्दै निर्वाचनमा काँग्रेसलाई बहुमतमा पु¥याउन बुद्धिजीवी सबै लाग्नुपर्ने बेला आएको विचार व्यक्त गरे । कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी, प्राध्यापक गुणनिधि न्यौपाने, नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष केशवानन्द गिरी, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला, प्रजातन्त्रवादी कानून व्यवसायी संघका अध्यक्ष भरत खरेल, प्रशासन तथा व्यवस्थापन केन्द्रका अध्यक्ष डिल्लीप्रसाद शिवाकोटी, नेपाल सांस्कृतिक संघका महासचिव शिवशंकर रिजाल, नेपाल इञ्जिनियर्स एशोशियसनका अध्यक्ष हरेराम श्रेष्ठ, नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्ति श्रेष्ठ, नेपाल प्राध्यापक संघका खुमा शर्मालगायतले आसन्न निर्वाचन लोकतन्त्रवादी र कम्युनिष्टका बीचको जनमतसंग्रहका रुपमा आएकाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई बहुमतले विजयी बनाउन आग्रह गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy