Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

काल पर्खनेहरु नेता हुन् सक्दैनन् : प्रचण्ड

\"\"मंसीर । पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिन काट्ने काल पर्खनेहरु नेता हुन नसक्ने बताएका छन् । शनिबार झापाकाे दमकमा अायाेजित चुनावी सभामा बाेल्दै प्रचण्डले भने, \"नेता हुन सरदरबाट माथि उठ्नुपर्छ । घिसेपिटे तरिकाले राजनीति धान्नेहरु नेता हुन सक्दैनन् । कमरेड केपी अाेली र मैले त्याे घिसेपिटे तरिका भत्काई दियौं । निरन्तरतामा क्रमभङ्ग गरेका छाैं, नयाँ तरङ्गसहित नेपालकाे कम्युनिष्ट अान्दाेलनलाई एकतावद्द गर्ने संकल्प गरेका छौं । हामी नयाँ अावेगसहित अाएका छौं । दिन काट्ने काल पर्खनेहरु नेता हुन सक्दैनन् ।\" \"नेताहरुले कस्ताे भूमिका खेल्छन् भन्ने कुराले ईतिहासमा निकै महत्व राख्दछ । नेताहरुले सही ढङ्गले साेच्दा ईतिहास २०/३० वर्ष अघि जान सक्छ, नेताहरुले गलत साेच्दा राजनीति र ईतिहास कैयाैं वर्ष पछि धकेलिन्छ\" प्रचण्डले भने, \"कमरेड केपी अाेली र मैले जाेखिम उठाएर नेपालकाे कम्युनिष्ट अान्दाेलनलाई एकतावद्द गर्ने, राजनीतिक स्थिरता दिने र अार्थिक समृद्धितिर अघि बढ्ने संकल्प गरेका छौं । कमरेड केपीले निरङ्कुश पञ्चायतका विरुद्ध सङ्घर्षकाे जाेखिम उठाउनुभयाे, वर्षौं जेल बस्नुभयाे । मैले जनयुद्धको जाेखिम उठाएँ, नेपालमा सामन्ती राजतन्त्रकाे अन्त्य भयाे। शान्ति प्रक्रियाकाे जाेखिम उठाएँ । नेपालमा ठूलठूला परिवर्तन भए । अाज फेरि देशकाे विकास र समृद्धिका लागि हामीले सकारात्मक रुपले साेच्यौं र एकता सम्भव भयाे ।\" \"नेपाली कांग्रेसका नेता साथीहरु, तपाईहरुले २५/३० वर्ष नेपालमा शासन गर्नुभयाे। देशका लागि के गर्नुभयाे ? विकास र समृद्धिकाे याेजना कहाँ पुग्याे ? अब देशकाे जिम्मा कम्युनिष्टहरुले लिन्छन्। तपाईहरुले हेर्नुस्\" प्रचण्डले भने, \"के नेपाल कांग्रेसकाे बपौति हाे ? कांग्रेसले जित्दा लाेकतन्त्र बलियाे हुने हामीले जित्दा अधिनायकवाद हुने ? हामी लाेकतान्त्रिक प्रणालीमै छौं। हामीले बनाएकाे संविधानकै दायराभित्र रहेर प्रतिस्पर्धा गर्दा तपाईहरुलाई टाउकाे दुखाई किन ?\" \"चुनाव राेक्न अनेक षडयन्त्र भए, सकेनन्। अहिले पनि षडयन्त्र भइरहेकाे छ। तर, अब इन्द्रेकाे बाउ चन्द्रे अाए पनि चुनाव राेकिन्न\" प्रचण्डले भने । शनिबार नै अध्यक्ष प्रचण्ड बिर्तामाेडमा अायाेजित स्वास्थ्य महाेत्सवकाे उद्घाटनमा सहभागी भए । त्यसैगरि माअाेवादी केन्द्रका कार्यकर्तालाई सम्बाेधन गर्दै निर्वाचनमा हाेमिन निर्देशन दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending