Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

गोलाप्रथामा नै धाँधली भएपछि चुनावमा खटाइने कर्मचारी अाक्रोसित

\"\"दोलखा । आगामी निर्वाचनमा कर्मचारी गोलाप्रथाबाट खटाइने भनेपनि गोलाप्रथाबाट बनेको सूची दुई दिन पनि टिक्न नसकेको भन्दै सम्बद्ध कर्मचारी आक्रोशित बनेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनमा गोलाप्रथाको धज्जी उडाउँदै मनपरी गर्न शुरु गरेको केही असन्तुष्ट कर्मचारीको भनाइ छ ।

निष्पक्षताका लागि भन्दै कर्मचारी छनोट गरेर शुरुमा नै राम्रो सन्देश दिएको जिल्लाको मुख्य निर्वाचन कार्यालय अन्ततः विवादमा फसेको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोटमा विगतमा हाकिमका आसेपासेलाई सजिलो स्थान दिइएको आरोप लागेकाले यो पटक गोलाप्रथा गर्ने भनिएपनि त्यसको धज्जी उडाएकोे कर्मचारीको गुनासो छ । गोला प्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गर्न भनिए पनि जिल्ला निर्वाचन कार्यालय, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृत बसेर गोलाप्रथामा नै तलमाथि गरिएको आशंका केही कर्मचारीले गरे । योपटक गोलाप्रथा गोलमाल पार्न केही कर्मचारी र कार्यालय लागेको कर्मचारी विकास चौलागार्इंको दाबी छ । बढी भत्ताको लोभमा कोष तथा लेखानियन्त्रक कार्यालयका प्रमुखले आफ्ना नजिकका भाइ छिमेकी आफन्तलगायतको नामसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतमा पठाउन सफल भएको नाम नभन्ने शर्तमा एक मतदान अधिकृतले बताए । यसबारे प्रमुखजिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई सोध्दा कर्मचारी खटाउन गोलाप्रथामा कुनै चलखेल नभएको र गोलाप्रथाकै आधारमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइएको बताए । मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले गोलाप्रथाबाट कर्मचारी छनोट गरिसकेको र बिरामी सरुवा भएका कर्मचारी र जान्न भनेका केही कर्मचारीबाहेकको सूची तलमाथि नगरिएको जानकारी गराए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy