Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नुवाकोटमा महत र केसीलाई साख जोगाउने चुनौती

\"\"नुवाकोट । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नुवाकोटमा राष्ट्रिय पहिचान बनाएका केन्द्रीय नेतालाई साख जोगाउने चुनौती पनि बढ्दै गएको छ । आज काँग्रेस र वाम गठबन्धनले अन्तिम चुनावीसभा गरिरहेका छन् । आ–आफ्ना पक्षमा मतदाता तान्न नेता सक्रिय भइरहेका छन् । विसं २०५१ देखि लगातार नुवाकोटमा निर्वाचन जितिरहेका डा रामशरण महतलाई यो पटकको निर्वाचनमा विजय प्राप्त गर्न ठूलो परिश्रम गर्नु परिरहेको छ । यस्तै नुवाकोटको राजनीतिमा विसं २०३८ बाट निरन्तर उम्मेदवार बन्दै आएका अर्जुननरसिंह केसीलाई वाम गठबन्धनले यो निर्वाचन सकसपूर्ण बनाएको छ । केन्द्रीय राजनीतिका प्रभावशाली व्यक्ति काँग्रेसका डा रामशरण महत र अर्जुननरसिंह केसी दुवैलाई वाम गठबन्धनको तगारो छिचोल्न सजिलो छैन योपटक । वाम गठबन्धन नभएको भए नेपाली काँग्रेसले आरामले निर्वाचन जित्नेमा कुनै शंका थिएन । दुई वटा निर्वाचन क्षेत्र रहेकोे नुवाकोटमा विसं २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा साविकको तीनवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा १२ स्थानीय तहमध्ये सात वटा तहको प्रमुख जितेर पहिलो दल बनेको काँग्रेसलाई वाम गठबन्धनका कारण नै स्थानीय तहको जितलाई निरन्तरता दिँदै प्रतिनिधिसभा र प्रदेशसभासम्म लैजान सकस पर्ने देखिएको छ । स्थानीय तह निर्वाचनमा दुई नगरपालिकासहित पाँच स्थानीय तहको प्रमुखमा नेकपा (एमाले) जितेका थिए । स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका विजेता तथा पराजित उम्मेदवारले ल्याएको मत जोड्दा नेपाली काँग्रेसले ४४ हजार ११८ मतसहित पहिलो, नेकपा एमाले ४२ हजार १२ मतसहित दोस्रो र नेकपा माओवादी केन्द्र ३४ हजार २७८ मतसहित तेस्रो भएका थिए । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठनबन्धनमा रहेको भनिएका नयाँ शक्ति पार्टी नेपालको आफ्नै उम्मेदवार चुनावी मैदानमा छ । डा महतले आफू नुवाकोटको समृद्धिका लागि फेरि निर्वाचनको मैदानमा आएको र विगतमा गरेको कामका कारण पनि मतदाताले फेरि विश्वास गर्ने बताउछन् । वाम गठबन्धनका कारण निर्वाचन कठिन भए पनि आफू मजबुत रहेको डा महतको दाबी छ । “वाम गठबन्धनका कारण यो प्रतिस्पर्धा कठिन भएको छ ।” “म नै मजबुत छु”, डा महतले भने । क्षेत्र नं १ को प्रदेश (ख) का काग्रेसका उम्मेदवार रमेश महत भने वाम गठबन्धनले काँग्रेसलाई एक बनाएको बताउछन् । “वाम गठबन्धनले काँग्रेसमा देखिएको गुटउपगुट समाप्त भएको छ, हामीलाई एक बनाएको छ,” उनले भने, “अब काँग्रेसको मत विभाजित हुन्न, त्यसैले वाम गठबन्धनले असर गर्दैन ।” वाम गठबन्धनबाट क्षेत्र नं १ मा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार तामाङले यो क्षेत्रका नागरिकले परिवर्तन चाहेका छन्, यो पटक हामीलाई साथ दिनेछन् भने । क्षेत्र नं २ को निर्वाचन पनि पेचिलो छ । काँग्रेस केन्द्रीय नेता अर्जुननसिंह केसी र वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडाबीच मुख्य प्रतिष्प्रर्धा रहेको छ । यो क्षेत्रमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपलिका, मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका छन् । स्थानीय तहको निर्वाचनमा काँग्रेसको २१ हजार ४६६, एमालेको २३ हजार ८२२ र माओवादी केन्द्रको १५ हजार ५०० मत यो क्षेत्रमा परेको थियो । महत र केसीको प्रभाव अहिले नुवाकोटमा चार पूर्वमन्त्री दुई मुख्य गठबन्धनबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छन् । हीतबहादुर र राधिका वाम गठबन्धनबाट तथा डा महत र केसी काँग्रेसबाट उम्मेदवारी दिएका छन् । पटक पटक अर्थमन्त्री भइसकेका डा महत र पटकपटक विभिन्न मन्त्रालय सम्हालेका केसीको पहुँचको प्रभाव पनि यो निर्वाचनमा देखिएकाले स्थानीय तहको मतलाई मात्र आधार मान्न सकिँदैन । उनीहरुको पहुँच र प्रभावको तुलनामा वाम गठबन्धनका उम्मेदवार कमजोर रहेका कारण उनीहरुलाई आफ्नो मत जोगाउन कठिन छ । स्थानीय तहमा अन्र्तघात गरेको भनी कारबाहीका लागि उजुरी परेकासमेत अहिले काँग्रेसका उम्मेदवारसँग चुनावी प्रचारमा हिँडेको देखिएको छ । यसले पनि स्थानीय तहको परिणामअनुसार मतमा अहिले केही परिवर्तन आउन सक्छ । काँग्रेसको उम्मेदवारमा परिवारवाद हाबी भएको भन्दै काँग्रेसभित्र असन्तुष्टि पनि देखिएको छ । डा महतको क्षेत्रको प्रदेशमा उहाँकै भतिज रमेश महत र केसीको क्षेत्रको प्रदेशमा उनकै सहोदर भाइ जगदीश्वरनरसिंह केसी उम्मेदवार छन् । यसले काँग्रेसमा केही असन्तुष्टि बढाएको नुवाकोटका काँग्रेसी कार्यकर्ताको भनाई छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy