मंसिर ९ गते, २०७४ शनिवार 25th November, 2017 Sat०८:२८:०७ मा प्रकाशित
विगत ७५ वर्षको नेपालको इतिहासको पाना पल्टाउँदै जाँदा धेरै पाना सत्यमा आधारित देखिँदैनन् । कति अर्धसत्य देखिन्छन् । कति सत्यभन्दा धेरै पर देखिन्छन् । कति कसैको उर्वर कल्पनाको उपजजस्तो पनि देखिन्छन् । उदाहरणका लागि, २००७ सालको परिवर्तनबारेको वर्णनलाई लिन सकिन्छ । सन् १९५० मा चीनको आधिपत्यमा रहेको तिब्बतमा चिनियाँ सेना आयो, लामाहरूको शासनबाट तिब्बतलाई ‘मुक्त’ गर्न भनेर ।
भर्खरै स्वाधीन भएको भारतले यसलाई तिब्बतमाथिको आक्रमण भनेर ठहर गर्यो । तानाशाही राणा सरकार रहिरह्यो भने कम्युनिस्ट चीनले नेपालमा आक्रमण गर्न सक्ने तर्क अगाडि राख्यो । यसैलाई आधार बनाई राणालाई जति सक्यो चाँडो हटाउने अडान लियो । आफूले अंगीकार गरेको प्रजातान्त्रिक पद्धति नेपालमा जसरी पनि स्थापित गर्नुपर्ने उसले पहिल्यै ठानेको थियो, अब त्यसलाई गति दिनु अत्यावश्यक ठान्यो ।
यही पृष्ठभूमिमा नोभेम्बर ६ मा राजा त्रिभुवन शीतल निवासस्थित भारतीय दूतावास पुगे । भारत सरकारले उनलाई लिन हवाईजहाज पठायो । नोभेम्बर १० मा उनी दिल्ली पुगे । राणाको पिँजराबाट राजालाई उम्कने कार्यमा सहायता गरेको थिए त्यो बेलाको भारतीय राजदूत सर सीपीएन सिन्हाले । तर, यसमा सर सिन्हाको जति हात भए पनि स्वयम् राजाले साहसी कदम नचालेको भए राणाशाही त्यति चाँडो र त्यति सजिलोसँग कदापि ढल्ने थिएन । २००७ सालको परिवर्तनमा भारतका तत्कालीन प्रधानमन्त्री नेहरूको सबैभन्दा ठूलो भूमिका थियो ।
उनीबाहेक राममनोहर लोहिया, जयप्रकाश नारायण, रफी अहमद किदवाइले पर्दा अगाडि देखिएका मुख्य नायकहरूलाई सबै प्रकारले मद्दत गरेका थिए । खासगरी लोहिया र जयप्रकाश नारायणले । उनीहरू नेपाली नेताको ‘नेता’ भनेर चिनिन्थे । तर, अहिलेसम्म पनि नेपालमा २००७ साल कसरी आयो, किन आयो, कुन परिवेशमा आयो, त्यसको पर्दा पछाडिको मुख्य नायक को थिए, यीबारे अध्ययन गर्न खासै कोसिस गरेको देखिँदैन । कसैले गरून् पनि किन ? त्यसो गरे सत्य जो उजागर हुन्छ । २००७ सालको परिवर्तनसम्बन्धी केही अति महत्वपूर्ण पाटा भने ओझेलमा पारिएका छन् ।
त्यस्तै, २००७ सालसम्बन्धी धेरै महत्वपूर्ण पाटाहरू सतहमा आए पनि तिनको वर्णन आफू अनुकूल गर्ने गरिएको पाइन्छ । कतिपय तथ्य त मनगढन्ते वर्णनको सिकार बनेका छन् । जस्तै १९५० को नोभेम्बरमा नेपाली कांग्रेसको नेतृत्वमा भएको वीरगन्जको सशस्त्र कब्जा । अर्को हो, सन् १९४७ विराटनगर जुट मिलमा गरिएको मजदुर हडताल विवरण ।
यो हडताल मनमोहन अधिकारीको अगुवाइमा भएको थियो । विराटनगर जुट मिल हडताल राणाविरुद्ध उठेको पहिलो व्यापक आन्दोलन थियो । त्यसको श्रेय पाउनबाट आफू वञ्चित हुने देखेर बीपी कोइराला, उनका बहिनीहरू र सहयोगीहरू हतारपतार गर्दै केही दिनमा पुगे । त्यहाँ पुगेर उनले नेतृत्व आफ्नो हातमा लिए । अगुवाइ गरेको श्रेय आफ्ना भाइ गिरिजाप्रसाद कोइरालालाई दिए।
त्यस्तै आफू अनुकूल इतिहास वर्णनको अर्को उदाहरण हो, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसबीचको सम्बन्ध बारेको वर्णन ।
त्यसबारे एउटा प्रचलित वर्णन यस्तो छः
‘त्यसताका भारतमा रहेका नेपालीहरू राणाशाही विरोधी आन्दोलनको तयारीका लागि राजनीतिक पार्टीहरू स्थापना गर्ने तर्खरमा थिए । पुष्पलाल पनि जेलबाट छुटेपछि बनारस पुग्नुभयो र त्यहाँ स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्न थाल्नुभयो । तर, त्यस संस्थाभित्र डिल्लीरमण रेग्मी र बीपी कोइरालाको बीचमा केही नीति र नेतृत्वको सवालमा विवाद बढ्दै जाँदा त्यसलाई मिलाउन उहाँले सक्दो प्रयास गर्नुभयो र नैतिक दबाब दिन अनशनसमेत गर्नु भो तर त्यो पार नलागेपछि उहाँ पार्टी छोडी कलकत्तातिर लाग्नुभयो ।’ (मोदनाथ प्र िश्रत, पुष्पलाल स्मृति दिवस, साउन ६, २०७४, नेपालपाटीडटकम )
यो लेखमा यही वर्णनको खण्डन दस्तावेजको आधारमा गरिनेछ ।
१९४१ सेप्टेम्बेरमा दार्जिलिङमा एउटा सभा भएको थियो । त्यसलाई निरन्तरता दिँदै जुन १९४२ मा बनारसमा हेडक्वार्टर भएको एक अन्डरग्राउन्ड संस्था स्थापना भयो । उद्देश्य थियो– हिंसात्मक तरिकाले राणाशासन फ्याँक्ने । त्यस संस्थामा सन्तवीर लामा दार्जिलिङ इन्चार्ज, डिल्लीरमण रेग्मी बनारस इन्चार्ज, अग्निप्रसाद सापकोटा, देहरादुन इन्चार्ज भए । यसै संस्थासँग आबद्ध बीपी कोइराला र उनका पिता कृष्णप्रसाद कोइरालाको कार्य सन्तवीर लामालाई उनलाई सघाउनु थियो । राणाका सुराकीहरूले यिनीहरूले पठाएको पत्र आदि जफत गर्थे ।
राणाहरूले भारत भूमिमा बसेर आफ्नो विरोधी कार्य गर्ने नेपालीहरूको लिस्ट अंग्रेज सरकारलाई दियो । जसको फलस्वरूप १८४२ को अन्त्यतिर दार्जिलिङ, पटना, लखनउबाट सन्तवीर लामा, सूर्यविक्रम लामा, सूर्यप्रसाद उपाध्याय, मनमोहन अधिकारी, गोपालप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बीपी कोइराला र अरू केही समातिए ।
अहिलेसम्म पनि नेपालमा २००७ साल कसरी आयो, किन आयो, कुन परिवेशमा आयो, त्यसको पर्दा पछाडिको मुख्य नायक को थिए, यीबारे अध्ययन गर्न खासै कोसिस गरेको देखिँदैन । कति फरार भए । समातिएकाहरू जेलमा हालिए । केहीलाई त्यही वर्षको अगस्टदेखि सुरु भएको भारत छोडो आन्दोलनमा पनि संलग्न भएको पाइयो । तीमध्ये केही १० महिनामा जेलबाट छुटे भने केही दुई-तीन वर्षमा । स्वाभाविक थियो, छुटेपछि फेरि राणा हटाउने क्रियाकलापमा लागे । त्यो बेलासम्म अंग्रेज भारत छोडेर जाने तर्खरमा थिए । अब ती नेपाली खुलेर आफ्ना संस्था खोल्न सक्ने भए ।
सुभाषचन्द्र बोससँगै पुरानो संस्था अस्तुमा परिणत भइसकेको थियो ।राणा हटाएर नेपालमा प्रजातन्त्र ल्याउन संघर्षरत नेपालीहरू कसरी एउटै थलोमा कसरी जम्मा हुन आइपुगे भन्नेबारेको इतिहासले भने अर्कै तथ्य स्थापित गर्छ ।
इतिहास अर्कै बोल्छ । वर्णनअनुसार पटनाबाट प्रकाशन हुने दैनिक पत्रिका ‘द सर्चलाइट’मा बीपी कोइरालाले सबै नेपालीलाई क्रान्तिको लागि आह्वान गरे । सोही आग्रह पढेर भारतको ठाउँठाउँबाट जागरुक नेपालीहरू एक ठाउँमा आए । त्योबेला अहिलेजस्तो सञ्चारमाध्यमको विकास भएको थिएन । कति पढ्लेखेका युवाले ‘द सर्चलाइट’ पढे होलान् र कतिले कोइरालाको आह्वान थाहा पाए होलान् ? जेहोस्, कोइरालाको आह्वान ‘द सर्चलाइट’मा प्रकाशित भएको भने सत्य हो ।
१९४७ को जनवरी २५ मा कलकत्ताको खाल्सा हाइस्कुलमा नेपाली राष्ट्रिय कांग्रेसको ‘उद्घाटन सभा’ भएको थियो । लोहियाको प्रमुख आतिथ्यमा हुने भनिएको त्यो सभामा कारणवश लोहिया उपस्थित भएनन् । त्यसको उद्घाटन डिल्लीरमण रेग्मीले ‘राष्ट्रिय पताकात्तोलन’बाट गरेका थिए । ‘उद्घाटन सभाको छोटो विवरण’ नामक पुस्तिकामा उद्घाटन–सभा ‘हतपतमा भएको’ र त्यसकारण धेरै ठाउँका प्रतिनिधिहरू आउन नपाएको उल्लेख गरिएको छ । पुस्तिकामा उल्लेख भएअनुसार, उद्घाटन समारोहमा प्रतिनिधि र आमन्त्रित गरी ‘५० जना’ जतिको जमघट थियो ।
क्रिपलानी, लोहिया र अरू केही ठूला नेता र नेतृहरूले पठाएको सन्देश पढेर सुनाइएको थियो ।
स्वागताध्यक्ष श्री डीएन प्रधान थिए । प्रधानले सभाको सभापति चुन्ने कार्य पनि गरे । जसलाई ‘ श्री विश्वेश्वरप्रसाद कोइरालासित त्यस सभाको सभापति हुने प्रार्थना गर्नुभयो’ भनी पुस्तिकामा उल्लेख गरिएको छ । कोइराला सभाको सभापतिमात्र नभई राष्ट्रिय कांग्रेसको कार्यकारी सभापति बन्न पुगे । उद्घाटन सभालाई महाधिवेशन भनी नाम दिइयो । भोलिपल्ट १५ जना प्रतिनिधि लोहियासँग उनको डेरामा उनको आशीर्वाद लिन पुगे।
यसैबीच मार्चको सुरुमा जुट मिल हडताल सुरु भयो । त्यसको नेतृत्व गर्न पुगेका बीपी कोइरालालगायत मनमोहन अधिकारीलाई राणा सरकारले गिरफ्तार गर्यो । उनीहरू काठमाडौं जेल चलान भए । लोहिया र जयप्रकाश नारायणले कोइरालालाई छुटाउन कुनै कसर बाँकी राखेनन् । जयप्रकाश नारायणले श्री ३ राणा प्रधानमन्त्रीलाई पत्र लेखी माफी मागे । केही महिनापछि कोइराला जेलबाट छुटे । बनारस आइपुगे । आउनासाथ कार्यकारी सभापतिको हैसियतले कार्यसमितिको बैठक बोलाउने आदेश दिए । उनले कलकत्ता रेडियोबाट आफूले कार्यकारी सभापतिको जिम्मेवारी लिएको घोषणा पनि गरे । यो घोषणापछि पुष्पलालले एउटा प्रेस विज्ञप्ति निकाले । प्रेस विज्ञप्ति यस्तो छ
‘प्रिय साथी,
अस्ति शुक्रबारको कलकत्ता रेडियोको नेपाली एलानमा श्री विश्वेश्वरप्रसाद कोइरालाले कार्यकारी सभापतिको जिम्मेदारी लिएँ भन्ने खबर सुन्नुभयो होला । यो पत्र त्यसै खबरको खण्डनको लागि लेखिरहेछु ।
श्री विश्वेश्वरप्रसाद कोइराला अहिले हाम्रो संस्थाका साधारण पदाधिकारी पनि होइनन् । उनलाई कसैले कार्यकारी सभापतिको पदमा नियुक्त गरेको छैन । गत जनवरीमा जब नेपाली राष्ट्रिय कांग्रेसको अस्थायी (एड हक) समिति बनेथ्यो तब उनी त्यस समितिको कार्यकारी सभापति छानिएका थिए । उनको अनुपस्थितिमा त्यसै अस्थायी समितिले श्री मातृकाप्रसाद कोइरालालाई उनको ठाउँमा छानेको थियो । जनवरीमा संगठित अस्थायी समितिको बैठकमा तीन, चार महिनापछि वकायदा चुनाव हुनेछ भन्ने निश्चयअनुसार र हाम्रो संस्थाको रूप ठूलो हुँदै गएकोले त्यो अस्थायी समितिलाई विघटन गरेर नेपाली राष्ट्रिय कांग्रेसको प्रतिनिधिहरूको सभा गत जुलाईमा भयो, जसमा हालका अध्यक्ष श्री डिल्लीरमण रेग्मी सर्वसम्मतिले सभापति छानिनु भयो ।
त्यसै सभामा पास भएको विधानको अनुसार श्री रेग्मीले आफैं कार्यकारिणी नामजद गर्नुभो । विधानबमोजिम कार्यकारी सभापतिको चुनाव कार्यसमितिले सभापतिको इस्तिफावाद गर्नु पर्दछ । तर कार्यसमितिले सभापतिको इस्तिफा पाएको छैन र उले कुनै कार्यकारी सभापतिको चुनाव पनि गरेको छैन । यस अवस्थामा श्री विश्वेश्वरप्रसाद कोइरालाले कार्यकारी सभापति हँ भनेर एलान गर्न लगाउनु एकदम अनाधिकार र अशोभनीय साथसाथै प्रजातन्त्रको आधारभूत सिद्धान्तलाई हनन् गर्ने चेष्टा हो । हाम्रो अर्को पत्र नपाउन्जेलसम्म नेपाली राष्ट्रिय कांग्रेसको कुनै शाखाले विश्वेश्वरप्रसाद कोइरालालासँग कुनै प्रकारको सम्बन्ध राख्नु हुँदैन । उनले पठाएको सबै तार पत्रहरू केन्द्रीय दफ्तरको निम्नलिखित ठेगानामा पठाई दिनुहोला ।
भवदीय
पुष्पलाल श्रेष्ठ
अन्नपूर्ण पाेष्टबाट
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: