Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी

\"\"सुनसरी । सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारले धरान बजारलाई राजधानी बनाउने मुख्य चुनावी मुद्दा बनाइरहेको सन्दर्भमा यहाँका जनताले भने खानेपानीको माग गरेका छन् । सुनसरी क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जयकुमार राई र लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राईले धरान बजारलाई प्रदेश नम्बर १ को राजधानी बनाउने विषयलाई पहिलो चुनावी मुद्दा बनाएका छन् । तर जनताले भने राजधानीभन्दा पनि बाटो÷घाटो, पुल, खानेपानी, रोजगारी, स्वास्थ्य र शिक्षालाई पहिलो मागका रूपमा अघि सारेका छन् । “अहिले हाम्रो नभई नहुने आवश्यकता भनेको सडक हो, यही सडक राम्रो भएको खण्डमा गाउँको उत्पादन धरान बजारसम्म पु¥याउन सकिन्छ, आम्दानी गर्न सकिन्छ, सजिलोसँग शहरसम्म पुग्न सकिन्छ” – धरान उपमहानगरपालिका–४ शिवजट्टाका प्रेमलाल राईले भने । धरान उपमहानगरपालिका–४ शिवजट्टाका धीरन राईले यहाँ अहिले हामीलाई खानेपानीको समस्या छ, यही पानीको व्यवस्था भएको खण्डमा राम्रोसँग कृषि उत्पादन गर्न सकिन्छ भने । प्रेम र धीरन जस्तै धरान उपमहानगरपालिकाका अधिकांश जनताको माग खोलामा पुल, बाटो र खानेपानीमा जोड दिएका छन् । वाम गठबन्धनका उम्मेदवार राईले आफूले जितेको खण्डमा मात्र धरान १ नम्बर प्रदेशको राजधानी बन्न सक्ने दाबी गरे । सुनसरीमा आगामी मंसिर २१ गते चुनाव हुँदैछ । राई .नेकपा (एमाले) जिल्ला सदस्य एवं धरान सहइञ्चार्ज हुन् । अशोक संघीय समाजवादी फोरमका वरिष्ठ नेता हुन् । त्यसैले लोकतान्त्रिकका साझा उम्मेदवार अशोक राईले ऐतिहासिक रूपले नै धरान राजधानी रहेको हुँदा अब संघीयतामा पनि १ नम्बर प्रदेशको राजधानी बनाउने बताए । प्रदेशसभा (क) मा वाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला सचिवालय सदस्य एवं धरान इञ्चार्ज प्रदीप भण्डारी र प्रदेशसभा (ख) मा एमालेका प्रभावशाली नेता केन्द्रीय सचिव एवं पूर्व पर्यटनमन्त्री भीम आचार्य छन् । त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) मा नेपाली काँग्रेस धरानका निवर्तमान सभापति किशोर राई र प्रदेशसभा (ख) मा पनि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्वजिल्ला सचिव बुद्धिबहादुर कटवाल उम्मेदवार छन् । धरान उपमहानगरपालिकासहित सुनसरीको निर्वाचन क्षेत्र नं १ लाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को पकटका रूपमा हेरिन्छ । यो क्षेत्रमा पहिलो संविधानसभा (२०६४) र त्यसपछिका सबै निर्वाचनमा माओवादी र एमाले नै विजयी हुँदै आएको छ । यो क्षेत्रमा अन्य क्षेत्रीय पार्टीबाट पनि उम्मेदवारी छ । २०७० मा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादीले तेस्रो मत पाएको थियो भने तत्कालीन संघीय समाजवादी पार्टीले तीन हजार ५०० को हाराहरीमा मात्र मत पाएको थियो । गएको स्थानीय तह निर्वाचनमा हालको निर्वाचन क्षेत्र १ मा एमालेको ३० हजार, काँग्रेसको २४ हजार, माओवादी केन्द्रको १५ हजार र समाजवादी फोरमको पाँच हजार हाराहारीमा मत पाएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending