Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

ऊर्जा महँगीको चपेटामा श्रीलङ्का, ग्यास मूल्यमा ठूलो वृद्धि

खबरडबली संवाददाता

मेलबर्न। मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असर झेल्दै श्रीलङ्काले घरेलु तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य सोमबार झन्डै एक चौथाइले बढाएको छ । यसले आर्थिक रूपमा पुन:उत्थानको प्रयासमा रहेको देशमा थप दबाब सिर्जना गरेको छ । सरकारले विश्व बजारमा बढ्दो मूल्यलाई कारण देखाउँदै ग्यासको मूल्य वृद्धि गरेको हो । 

श्रीलङ्का पूर्ण रूपमा ग्यास र तेल आयातमा निर्भर रहँदै आएको छ भने विद्युत उत्पादनका लागि कोइला पनि बाह्य स्रोतबाट खरिद गर्नुपर्ने अवस्था छ । यस पृष्ठभूमिमा मध्यपूर्वमा लामो समयदेखि जारी युद्धले देशको अर्थतन्त्रलाई पुन: कमजोर बनाउने चिन्ता बढेको छ । सोमबार गरिएको मूल्य समायोजन गत महिना गरिएको आठ प्रतिशत वृद्धिपछि आएको हो, जसले निरन्तर बढ्दो ऊर्जा लागतको सङ्केत गरेको छ । 

घरेलु एलपिजी बजारको करिब एक चौथाइ हिस्सा ओगट्ने एक निजी कम्पनीले आफ्नो खुद्रा मूल्य चार हजार ६३० रुपियाँ (श्रीलङ्काली मुद्रा) बाट २३ प्रतिशतले बढाएर पाँच हजार ७०० रुपियाँ पुर्याएको छ । राज्य स्वामित्वको प्रमुख आपूर्तिकर्ता लिट्रो ग्यासले १२.५ किलोग्राम सिलिन्डरको मूल्य तीन हजार ९९० रुपियाँबाट बढाएर चार हजार ७६५ रुपियाँ निर्धारण गरेको छ । यो १९.४२ प्रतिशतको वृद्धि हो । 

कम्पनीका प्रवक्ताले अप्रिल महिनाका लागि पर्याप्त आपूर्ति रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा एलपिजीको मूल्य वृद्धि र ढुवानी खर्च बढ्नु नै मूल्य समायोजनको मुख्य कारण भएको बताएका छन् । यसअघि पनि इरानविरुद्ध अमेरिका(इजरायल आक्रमण र त्यसपछि भएको जवाबी कारबाहीका कारण विश्वव्यापी ऊर्जा बजार प्रभावित बनेपछि श्रीलङ्काले इन्धन र बिजुलीको मूल्य एक तिहाइभन्दा बढीले बढाएको थियो ।

विशेष गरी, विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्य द्वन्द्वका कारण प्रभावकारी रूपमा बन्द हुँदा कच्चा तेल र ग्यास आपूर्ति प्रभावित भएको छ । सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत ऊर्जा निर्यात यही मार्ग हुँदै हुने गर्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी खोलाको स्थलगत निरीक्षणमा गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग...

उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। अभद्र व्यवहार लगायतका कसुरमा उषा...

एक करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको र...

विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख घुससहित पक्राउ

काठमाडौँ। सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहि...

घरबाटै काम गर्न सरकारको आह्वान

काठमाडौँ। युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धि...

शिक्षामन्त्रीले गरे फाप्ला क्रिकेट मैदानको अवलोकन, प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीमा निर्माणाधीन फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामक...

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छिन्। राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोज...

प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट प्राप्त तीन विधेयक टेबुल

काठमाडौँ। प्रतिनिधिसभामा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन वटा महत्त्वपूर्ण विधेयक टेबुल गरिएको छ । मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्...

शैक्षिक सत्रअघि र एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल गर्ने विद्यालयहरूलाई कारबाही ...

कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending