Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कारागार भित्रबाट लक्ष्मण थारूले भने, 'चुनावी प्रतिस्पर्धा केवल डा आरजुसँग मात्र'

\"\"कैलाली । टीकापुर घटनाका आरोपित तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य लक्ष्मण थारुले आफ्नो प्रतिस्पर्धा केवल नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवासँग मात्र भएको बताएका छन् । कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार थारुले मंगलबार कैलाली कारागारभित्र पत्रकारसँग कुराकानी गर्दै वाम गठबन्धनका नारदमुनि रानासँग एमाले पार्टीभित्रै असन्तुष्टि रहेको र विवेकशील साझा पार्टी नयाँ भएकाले आफ्नो प्रतिस्पर्धा केवल नेपाली कांग्रेसका उम्मेदवारसँग मात्र भएको तर्क गर्नुभयो । उनले कारागारभित्रबाटै आफ्नो जित सुनिश्चित भएको समेत दाबी गरे । नेता थारु आन्दोलनले उठाएका मुद्दाका विषयमा विगत लामो समयदेखि रगत पसिना बगाएर लडिरहेको र आफूले निर्वाचनका दौरान जनतालाई झुठो आश्वासन नबाँडेकाले कारागार भित्रबाटै निर्वाचनमा विजय हुने उनले बताए । “जनताको घरदैलोमा पुगेर चुनावी प्रचारप्रसार गर्न नपाएकामा आफू अति दुःखी छु,” उनले भने, “फेरि सयौँ शुभेच्छुक, स्वयंसेवक साथीहरु मेरो प्रचारप्रसारमा अहोरात्र लागिपरेको खबरले धेरै नै हर्षित छु ।” चुनावी प्रचारप्रसार कसरी गर्दै हुनुहुन्छ भन्ने एक जिज्ञासाको जवाफमा नेता थारुले बिहान ९ः०० देखि ४ः०० बजेसम्म फोनमार्फत आफूले नै प्रचारप्रसार गरिरहेको र महिला, भलमन्सा, उद्योगीलगायतका करिब २६ वटा टोलीले विभिन्न कार्यक्रममार्फत प्रचारप्रसार गरिरहेको जानकारी दिए । चुनावी प्रचारप्रसारका क्रममा बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म कारागारमा दैनिक १५० जनासम्म आफूसँग भेटघाट गर्न आइरहेको पनि उनले उल्लेख गरे । जनताले प्रत्येक गाउँगाउँबाट दैनिक रु ४० हजारदेखि एक लाख ५० हजारसम्म उठाएर प्रचारप्रसारलाई तीव्रता दिएको उननको भनाइ छ । विकास, समृद्धि, शान्ति, सद्भाव, घरघरमा रोजगारीको अवसर, भ्रष्टाचार अन्त्य गर्न युवाको अभियान चलाउने र ७ नं को प्रादेशिक राजधानी धनगढीलाई बनाउने आफ्ना मुख्य चुनावी एजेण्डा रहेकोसमेत उनले सुनाए । विगत २७ महिनादेखि कैलाली कारागारमा रहँदै आएका थारुले चुनावी प्रचारप्रसारका लागि अहिलेसम्म जनताबाट रु १० लाख सहयोगसमेत पाएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy