Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

के भन्यो चीनले माअोवादीलार्इ ?

\"\"बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका ६ सय पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेको जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा अाएका माअोवादी केन्द्रका प्रतिनिधिहरूसँगको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका दक्षिण एसिया व्यूरो प्रमुख युआन चिपिंगले विश्वभरीका पार्टीमध्ये माअोवादी केन्द्र सबैभन्दा नजिक रहेको बताएका हुन् । नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भुमिकाबाट आफूहरु प्रभावित भएको भन्दै माअोवादी केन्द्रसँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने उनले बताए । हालै सम्पन्न १९ अाैं महाधिवेशनमा विश्वभरिबाट अाएको शुभकामनामध्ये गहन, मार्मिक र महत्वपूर्ण शुभकामना सन्देश माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डको भएको युआनले बताए । अन्य पार्टीहरू भन्दा माअोवादी केन्द्रले चिनियाँ कम्युनिष्ट पार्टीलार्इ नजिकबाट बुझेको अाफूहरूको ठहर रहेको समेत उनले बताए । नेतृत्व चयनका बारेमा बताउँदै उनले चीनले ४० वर्षअगाडीबाट सुरू गरेको सुधारको कार्यक्रम राष्ट्रपति सीको विगत पाँच वर्षको कार्यकालमा धेरै पूरा भएको बताए । बाँकी काम पूरा गर्न चिनियाँ कंग्रेसले सीलार्इ नै राष्ट्रपतिमा दोहोर्याएको उनको भनार्इ थियो । चीनले अगाडी सारेको वान वेल्ट वान रोड योजनाबाट नेपाललगायत अन्य मुलुकहरू लाभान्वित हुनसक्ने उनले बताए । छलफलका क्रममा उनले प्रचण्ड नेतृत्वको सरकारले यसलार्इ अात्मसाथ गर्दै सम्झाैता गरेको भन्दै सोको समेत प्रशंशा गरे । उनले सन् २०३५ मा चीनलार्इ सम्पन्न मुलुक बनाउने योजनामा अाफूहरू रहेको बताए । साथै, चिनियाँ समाजको अन्तरविरोध बदलिएको र चीन नयाँ युगमा प्रवेश गरेको महाधिवेशनको ठहर रहेको उनले बताए । त्यस्तै, अव पर्यावरणीय सुरक्षामा केन्द्रीत हुने र चिनियाँ विशेषतासहितको समाजवादमा प्रवेश गर्ने निर्णय महाधिवेशनले गरेको उनको भनार्इ थियो । विश्वमा समाजवाद कसरी अगाडी बढाउने र त्यसमा चीनको भुमिका के हुने भन्ने विषयमा छलफल भएको नेपाली टोलीसँग बताए । भेटमा नेपाली प्रतिनिधिको नेतृत्व गर्दै माअोवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा विदेश विभाग सचिव युवराज चाैलागार्इंले नेपालको राजनीतिक परिस्थितिको बारेमा धारणा राखेका थिए । चीनबाट नेपाली माअोवादीले धेरै कुरा सिकेको भन्दै उनले नेपालमा समाजवाद लागू गर्ने दिशामा अाफूहरू अगाडि बढेको बताए । चीन असल छिमेकी भएको भन्दै चाैलागार्इंले माअोवादी केन्द्र एक चीन नीतिमा अडिग रहेको उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy