Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

चन्दा असुल्दै गरेको अवस्थामा भूपू सैनिकसहित १२ जना पक्राउ

\"\"इलाम । निर्वाचन विरोधी गतिविधिसहित चन्दा असुल्दै गरेको अवस्थामा प्रहरीले इलामबाट १२ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा इलाममा मंगलबार जिल्ला बाहिरका १२ जनालाई भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका–१ गोर्खेस्थित मंगलबारेबाट पक्राउ गरेको हो । गोर्खे प्रहरी चौकीबाट खटेर गएको प्रहरीको टोलीले गोर्खेस्थित सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयवासीबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा पूर्व नेपाली सेनासहित १२ जनालाई पक्राउ गरेको इलामका प्रमुख एसपी विपीन कर्मचार्यले बताए । पक्राउ पर्नेमा नेपाली सेनाका भूपू जागिरे चितवनका ५१ वर्षीय वसन्तबहादुर बराल, चितवनकै ४९ वर्षीय मुक्तिनाथ अधिकारी, तनहुँका २८ वर्षीय रामु सुवेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका २० वर्षीय तेजेन्द्र जिसी, गुल्मीकै १७ वर्षीया कोपिला थापा, काठमाडौँका ४१ वर्षीय कृष्ण थापा, काठमाडाँैकै ३२ वर्षीया मीना केसी, तेह्रथुमका २९ वर्षीय कृष्णप्रसाद अधिकारी, संखुवासभाका २९ वर्षीय अर्जुनकुमार गौतम, संखुवासभाकै रमेश गौतम र रुपन्देहीका २० वर्षीया माया रहेका छन् । प्रहरीले पक्राउ पर्नेको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीनथान नागरिकता, चारथान मतदाता परिचयपत्र र नेपाली रु चार हजार ५०० तथा भारतीय दुई हजार ५७० बरामद गरेको छ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन गतिविधिविरुद्ध लाग्दै आएका विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर कारबाही गरिरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending