Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

'प्रदेश नं. ७ को राजधानी अत्तरिया'

\"\"महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले ७ नम्बर प्रदेशको राजधानी अत्तरिया नै उपयुक्त हुने बताएका छन् । महेन्द्रनगरमा शुक्रबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता भट्टले जनघनत्व र सबै जातजातिलाई समेट्ने हिसाबले अत्तरिया नै प्रदेश राजधानीका लागि उपयुक्त हुने बताए । ‘यो मेरो निजी विचार हो,’ भट्टले भने, ‘पार्टी र वाम गठबन्धनमा छलफल गरेर प्रदेश राजधानीबारे आधिकारिक निर्णय लिइने छ ।’ नेता भट्ट अत्तरिया क्षेत्रमै पर्ने कैलालीको ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । प्रदेशको मुख्यमन्त्री को हुने भन्ने विषयमा वाम गठबन्धनको शीर्ष नेतृत्वले निर्णय लिने इन्चार्ज भट्टले बताए । ‘वाम गठबन्धनको शीर्ष नेतृत्व अझैं पनि निर्वाचन क्षेत्र र चुनावी कार्यक्रममै छ,’ भट्टले भने, ‘चुनावी समिक्षा र भावी रणनीतिबारे वाम गठबन्धनको शीर्ष नेतृत्व छलफल गरेर अगाडि बढ्नेछ ।’ दीर्घकालीन लक्ष्यसहित वाम गठबन्धन भएकाले छिट्टै सरकार निर्माण र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने भट्टले बताए । ‘पार्टी एकता हुँदा पार्टी अध्यक्ष एउटा र प्रधानमन्त्री एउटा पार्टीबाट हुने सहमति भएको हो,’ भट्टले भने, ‘त्यसै सहमति अनुसार पार्टी एकता र सरकार निर्माण हुन्छ ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्काल राजीनामा दिनुपर्ने इन्चार्ज भट्टले बताए । ‘निर्वाचन परिणामलाई सम्मान गर्दै कांग्रेसले तत्काल सरकार छाड्नुपर्छ,’ उनले भने । नयाँ सरकार गठन भएसँगै विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा देश अगाडि बढ्ने भट्टले बताए । दोधाराचाँदनीमा सुख्खाबन्दरगाह निर्माण र महाकाली नदीमा पुल बनाउने कुरा आगामी सरकारले प्राथमिकताका साथ अगाडि बढाउने उनले बताए । कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रदेशसभा सदस्य महेशदत्त जोशीले प्रदेश राजधानीको विषयमा प्रदेशसभाले नै निर्णय गर्ने बताए । ‘मेरो विचारमा प्रदेश राजधानीका लागि कैलालीको अत्तरिया नै उपयुक्त हुन्छ,’ जोशीले भने, ‘७ नम्बर प्रदेशलाई आगामी १० वर्षभित्र विकसित प्रदेशका रुपमा विकास गर्ने गरी वाम गठबन्धनले काम गर्नेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending