Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

२२ अर्ब ‘अवैध’ सुमार्गी प्रकरण - आफैं पठाउने, आफैं पाउने

\"\"काठमाडौँ । सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ । उनले यहाँ ल्याएको र ल्याउन लागेको करिब २२ अर्ब ‘अवैध’ रहेको सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिन प्रतिवेदनमा उल्लेख भएसँगै यो नयाँ तथ्य खुलेको हो । अाजकाे कान्तिपुरमा खवर छ । सुमार्गी आफैंले बैंक अफ साइप्रस, बेलायतबाट नेपालमा रहेकोआफ्नो कम्पनी मुक्तिश्री सिमेन्टमा समेत कानुनी प्रावधानविपरीत रकम पठाएको विवरण भेटिएको छ । ‘जोधार इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अजेयराज सुमार्गी पराजुलीलेसन् २०१३ अप्रिल ८ मा २४ लाख ३० हजार ८ सय अमेरिकी डलर (करिब २५ करोड रुपैयाँ) मुक्तिश्री सिमेन्टमा पठाएको देखिन आएको हुँदा उक्त विषय थप शंकाको घेरामा रहेको,’ उक्त प्रतिवेदनमा उल्लेख छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गर्ने निकायहरू– उद्योग विभाग, औद्योगिक प्रवद्र्धन बोर्ड र लगानी बोर्डमध्ये कुनैबाट पनि स्वीकृति नलिई उनी आफैंले उक्त रकम जम्मा गरेका हुन् । यी निकायले अनुमति दिए पनि नेपालमा लगानी गर्न स्वीकृति पाएका विदेशी व्यक्ति तथा कम्पनीले नै यहाँ बैंक खातामा रकम जम्मा गर्नुपर्ने हुन्छ, तर सुमार्गीले नेपालमा विदेशी लगानी भन्दै स्रोत नखुलेको रकम बेलायतस्थित बैंक अफ साइप्रसबाट आफंैले जम्मा गरेका हुन् । ‘सुमार्गीले नेपालमा अवैध ढंगले आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट विदेश पुर्‍याउने र त्यहाँबाट आफंैले विदेशी लगानी भन्दै नेपाल पठाउने गरेको देखिन्छ । यो प्रक्रिया नै सम्पत्ति शुद्धीकरण अर्थात् कालो धनलाई सेतो बनाउने प्रयास हो,’ अध्ययनमा संलग्न एक अधिकारीले भने । प्रारम्भिक अध्ययनअनुसार उनले यसैगरी ११ करोड ८३ लाख ९६ हजार ३ सय ८७ अमेरिकी डलर (हालको मूल्यमा करिब १२ अर्ब रुपैयाँ) भित्र्याइसकेका छन् । त्यसमध्ये साढे ८ अर्बभन्दा बढी रकम बैंकबाट निकालेर प्रयोगसमेत गरिसकेका छन् भने नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको बाँकी ३ अर्बचाहिँ नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएको छ । सुमार्गीले थप ११ अर्ब ल्याउन उद्योग विभागमा निवेदन दिएका छन् । अनुमति नै नलिई रकम आउने क्रम जारी रहेपछि स्रोतमाथि शंका गर्दै राष्ट्र बैंकका तत्कालीन गभर्नर युवराज खतिवडाले उक्त रकमको आवश्यक कागजात पेस गर्न भन्दै बैंकमै रोकिदिएका थिए । त्यसपछि सुमार्गी प्रकरणबारे छानबिन गर्न सरकार बाध्य भएको थियो । छानबिन प्रतिवेदनले सुमार्गीले चार वर्षयता विदेशबाट ल्याएको र पुन: ल्याउन लागेको रकम ‘अवैध’ रहेको ठहर गरेको छ । उक्त प्रतिवेदनलाई अनुमोदन गर्ने, विस्तृत अध्ययनका लागि अनुसन्धान अधिकृत तोक्ने र थप अध्ययनका लागि सरोकारवाला अन्य सरकारी निकायलाई जिम्मेवारी दिई मुद्दा प्रक्रिया अघि बढाउने विषयमा भने सम्पत्ति शुद्धीकरण विभागले आलटाल गरिरहेको छ । उक्त विभागमा कैयौं शंकास्पद फाइल पठाइए पनि निर्णय हुन नसकेको पूर्वगभर्नर खतिवडाले प्रतिक्रिया दिए । ‘राष्ट्र बैंक वित्तीय जानकारी एकाइले करिब ६ सयवटा शंकास्पद सम्पत्ति शुद्धीकरणका फाइल विभागमा पठाएको छ तर छानबिन भएर कारबाही भएको देखिँदैन,’ खतिवडाले भने, ‘चाहे जोसुकै होस्, सम्पत्ति शुद्धीकरणको आशंकामा फाइल उठेको छ भने छानबिन गरी निर्णय गरिदिनुपर्छ ।’ दोषी वा निर्दोष जे भए पनि छानबिन गरेर टुंगो लगाइदिनुपर्ने उनको धारणा छ । ‘यसरी निर्णयमा नपुग्दा अन्तर्राष्ट्रियस्तरमा हामीमाथि प्रश्न उठ्न सक्छ र त्यसले देशकै साखमा समस्या आउन सक्छ,’ उनले भने । सुमार्गीका नाममा कम्तीमा ४१ पटक ट्याक्स हेवन (करका लागि अनुकूल स्थान) मानिने ब्रिटिस भर्जिन आइल्यान्ड्स, साइप्रस, बेलारुस, इजिप्टलगायत मुलुकबाट रकम जम्मा भएको देखिएको छ । प्रतिवेदनअनुसार उक्त रकम २०६२/६३ पछि खोलिएका सुमार्गीका १२ कम्पनी, उनकी श्रीमती सम्झना अर्याल, भाइ अरुण, बहिनी अनिता, बहिनीज्वाइँ राजनप्रसाद सुवेदी, छोरा अभिमतराज, आमा विश्वकान्ति कलावती, भाइबुहारी अंकिता, जेठीसासू शिशु अर्याल र कृष्णप्रसाद शर्मालगायतका नाममा आएको देखिन्छ । विदेशी विनिमय ऐन, २०१९ अनुसार विदेशबाट कुनै लगानीकर्ताले रकम भित्र्याउँदा डलर खाता खोल्नुपर्ने हुन्छ । सुमार्गीले कुनै पनि कम्पनी तथा आफन्तका नाममा डलर खाता खोलेका छैनन् । ‘रकम पठाउने उल्लिखित कम्पनी दर्ताको प्रमाणपत्र, वित्तीय विवरणलगायत कागजातसमेत नपाइएकाले तिनको वास्तविक लगानी स्वयम् सुमार्गी नै हुने सम्भावना देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसकारण सुमार्गीले अवैध तरिकाले नेपालमा आर्जन गरेको रकम विदेश लग्ने र विदेशी लगानी भन्दै नेपाल भित्र्याई सम्पत्ति शुद्धीकरण गर्न खोजेको देखिन्छ ।’ विदेशी विनिमय ऐनको दफा १० अनुसार राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था भए पनि उनले पालना गरेका छैनन् । सुमार्गीबारे तीन वर्षअघि अध्ययन सुरु भए पनि त्यसले गति लिएको थिएन । सम्पत्ति शुद्धीकरण विभागका नयाँ महानिर्देशक जीवनप्रकाश सिटौला आएपछि प्रारम्भिक अध्ययनका लागि टोली गठन भए पनि तीव्र राजनीतिक दबाबका कारण प्रारम्भिक अध्ययन मात्रै हुन सकेको छ । यस किसिमका शंकास्पद आर्थिक कारोबारमाथि आँखा चिम्लिँदा मुलुकको अन्तर्राष्ट्रिय साखमै धक्का पुग्ने जोखिम विज्ञहरू औंल्याउँछन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी हेर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) र एसिया प्रशान्त क्षेत्र समूह (एपीजी) हुन् । एपीजीको बैठक आगामी साउनमा नेपालमै हुँदै छ । ‘उक्त बैठकमा सदस्य राष्ट्रहरूलेसम्पत्ति शुद्धीकरण सम्बन्धमा गरिरहेको गतिविधिबारे जानकारी गराउने काम हुन्छ,’ एक जानकार अधिकारीले भने, ‘विस्तृत अनुसन्धान, मुद्दा दायर र त्यसको फैसलाबारे जानकारी गराउँदा कमजोर देखिए नेपालको साख गुम्न सक्छ ।’ उनका अनुसार कमजोर देखिए अन्तर्राष्ट्रियस्तरमा मुलुकलाईट्याक्स हेवन (करका लागि अनुकूल स्थान), गैरकानुनी क्रियाकलाप गरी धन आर्जन गर्ने मुलुक भनेर चिनिन्छ । यसअघि एफटीएफको अनुगमनका क्रममा नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनै नबनाएको, संरचना खडा नगरेको भेटिएपछि कालोसूचीमा राख्ने तयारी गरिएको थियो । यसबाट जोगिन २०६४ सालमा सम्पत्ति शुद्धीकरण निवारण ऐन लागू भई विभाग स्थापना गरिएको हो । तर त्यसपछि नयाँ प्रावधान थप्नुपर्ने र अनुसन्धानमा रहेका मुद्दा टुंग्याउनुपर्ने काम भने भएको छैन । ‘एफएटीएफले पुन: अनुगमनगर्दा समस्या भेटिए नेपाललाईकालोसूचीमा राख्न सक्छ,’ ती अधिकारीलेभने, ‘सुमार्गीको मनी लन्डरिङसम्बन्धीकेस यस मामिलामा एउटा निर्णायक मामिला बन्न सक्छ ।’ बाहिरिए सुमार्गी शंकास्पद आर्थिक कारोबारमा संलग्न व्यापारी अजेयराजसुमार्गी बिहीबार अपराह्न त्रिभुवन विमानस्थलबाट दुबई हुँदै विदेशतर्फलागेका छन् । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार छानबिन अगाडि बढाउनासाथ उनी पक्राउ पर्ने सम्भावना थियो । फ्लाई दुबईको साढे ३ बजेको उडानमार्फत सुमार्गीले देश छाडेको विमानस्थल अध्यागमन रेकर्डमा उल्लेख छ । ‘मनी लन्डरिङको केस भएकाले उनलाई विदेशबाटै पक्रेर ल्याउन पनि समस्या छैन,’ छानबिनमा संलग्न अधिकारीले भने, ‘तर उनी आफूलाई जोगाउन राजनीतिक लबिइङ गर्दै छन् ।’ अजेयविरुद्ध कारबाही अगाडि नबढाइदिन जिकिर गर्दै उनका भाइ अरुणराज बिहीबार साँझ एक प्रभावशाली मन्त्रीकहाँ समेत पुगेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending