धनकुटा । प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्द गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ । धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । धनकुटा सदरमुकामलगायत पाख्रिबास, छथरजोरपाटी, साँगुरीगढी लगायतका बजारसमेत बन्द हुनाका साथै यातायात सेवासमेत ठप्प छ । पटकपटकको बन्दका कारण सुनसरीको धरानबाट कोशी पहाडतर्फ सञ्चालित मालवाहक एवं यात्रुवाहक यातयात सञ्चालन नहुँदा तेह्रथुम, संखुवासभा र भोजपुरका लागि दैनिक उपभोग्य सामग्री अभाव हुन थालेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासीको गुनासो छ । बन्दकर्ताले कोशी राजमार्गको धनकुटा सडकखण्डमा टायर बालेर सवारीसाधन रोकेपछि विभिन्न जिल्लाबाट गन्तव्यतर्फ हिँडेका सयौँ यात्रु धनकुटाको भेडेटार र सिधुवा क्षेत्रमा अलपत्र परेका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, शिक्षण संस्था, दूध र तरकारी बोकेको सवारीसाधन खुला रहेकाे बताइए पनि विभिन्न ठाउँमा अवरोध भइरहेको गुनासो बढेको छ । गत चार हप्तादेखि प्रदेश राजधानी माग गर्दै आन्दोलनरत धनकुटावासीले आमहडताल गर्न थालेपछि पहाडको जनजीवन कष्टकर बन्दै गएको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: