Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

यी हुन् प्रदेश नं १ को अस्थायी मुकामका लागि छनोटमा परेका भवन

\"\"विराटनगर । प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना बढेको छ । शहरी तथा भवन निर्माण कार्यालयलगायतका टोलीले प्रदेशको अस्थायी मुकामका लागि विराटनगर, इटहरी, धरान र धनकुटाको भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा गत मंसिर २६ गते विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले क्षेत्रीय प्रमुखको कार्यालय÷निवासका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन छनोट गरेको हो । क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय/निवास राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम बस्नेतले जानकारी गराए । त्यस्तै जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभाको सचिवालय, वीरेन्द्र सभागृहमा प्रदेश सभाको भवन र क्षेत्रीय सिँचाइ कार्यालयमा मुख्य सचिवको कार्यालय स्थापना गरिनेछ । प्रदेश नं १ को मन्त्रालय सञ्चालनका लागि आठवटा कार्यालयको भवन छनोटमा परेको छ । सोअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, क्षेत्रीय प्रविधि तथा गुण नियन्त्रणको प्रशासकीय भवन, सुनसरी मोरङ सिँचाइ आयोजनाको भवन, क्षेत्रीय वन तथा तालीम केन्द्रको भवन, जल उत्पन्न कार्यालयको भवन, जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, शहरी विकास आयोजनाको अतिथिगृह र क्षेत्रीय हुलाक कार्यालयको भवन छनोट गरिएको हो । यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले प्रदेशका कार्यालय सभाभवन, निवास र मन्त्रालयलगायतका कार्यालयका लागि छनोट भएका स्थानको सम्बन्धमा उचित विकल्प प्राप्त भएको अवस्थामा परिवर्तन पनि हुनसक्ने र यस विषयमा राजनीतिक दलसँग पनि परामर्श लिने जानकारी गराए । छनोटमा परेका भवनमा अविलम्ब मर्मत सम्भार गरिने उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending