Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

देशभरका कांग्रेसको भक्तपुरमा भेला, शुद्धीकरण अभियान शुरु

\"\"भक्तपुर । नेपाली कांग्रेस शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियान भक्तपुरबाट शुरु भएको छ । ‘हाम्रो अभियान हाम्रो कांग्रेस’ भन्ने नाराका साथ नेपाली काँग्रेस शुद्धीकरण तथा सुदृढीकरणका लागि एक दिने कार्यशाला आज भक्तपुरबाट शुरु भएको हो । यसअघि सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै पार्टीलाई मजबुत बनाउने अभियान भक्तपुरबाट शुरु भएको नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता विनोद कायस्थले बताए । पार्टीमा धेरै वर्ष योगदान दिएका, प्रजातन्त्रका लागि पटकपटक जेल परेका, अवसर र जिम्मेवारीबाट वञ्चित भएका, पार्टीको राजनीतिमा निरन्तर क्रियाशील रहेका, तरुण, विद्यार्थी, महिला तथा देशभरका १३० पुराना नेता एवं पूर्वसांसदको कार्यशालामा सहभागिता रहेको थियो । कार्यशालाबारे जानकारी दिँदै कायस्थले भने, “देशमा हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गर्दै कांग्रेसले भोग्नु परेको पराजयको कारण खोज्ने, आएको समस्या केलाउने, अबका चुनौतीहरु के के छन् पहिचान गर्ने, पार्टीको अबको कार्यदिशा के हुन सक्छ भन्ने खोज्ने र पार्टीको विधानलाई समयानुसार परिमार्जन गर्नेबारेमा सुझाव संकलन गर्नका लागि कार्यशाला आयोजना गरेका हौँ ।” भेलाले कांग्रेसको कुनै व्यक्ति वा गुटको पक्ष वा विपक्षमा नलागी नितान्त कांग्रेस पार्टीलाई सुदृढ बनाएर लैजानेबारे बृहत छलफल गरी घोषणापत्र जारी गर्ने जानकारी दिँदै उनले यो अभियानलाई देशका सातवटै प्रदेशमा लैजाने बताए । कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं कांग्रेसका नेता तारानाथ दाहालले पार्टीलाई आदर्श र सिद्धान्तबाट चलायमान गर्दै नीति नियमबाट चलाउन सुझाव दिनका लागि यो अभियान महत्वपूर्ण रहने बताए । देशभरबाट भेला भएका नेताहरुले कांग्रेसलाई व्यक्तिवादी रुपमा लैजाने र गुट बनाएर जाने प्रवृत्तिको अन्त्य गर्दै ‘सिंगो काँग्रेस हाम्रो काँग्रेस’को रुपमा अगाडि बढाउन देशभरका कांग्रेस लाग्नुपर्नेमा जोड दिइएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending