Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

'एकीकृत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन'

\"\"काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले एकीकृत नयाँ पार्टीको नेतृत्वमा वाम सरकार गठन हुने खुलासा गरेका छन् । नेता बस्नेतले पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै दुवै पार्टीको वैचारिक पक्षका सकारात्मक कुरालाई समेटेर नयाँ पार्टी बनाइने बताए । पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो । राष्ट्रियसभाको चुनाव सम्पन्न हुँदासम्म पार्टी एकता हुने दाबी गर्दै उनले फागुनको दोस्रो सातासम्म एकीकृत पार्टीको नेतृत्वमा सरकार बन्ने बताए । पार्टी एकता संयोजन समितिले सम्मानजनक तरिकाले कार्यविभाजन गरेर एकता प्रक्रिया टुङ्ग्याउने बस्नेतको भनाई छ । ‘दुई फरक धारका दलबीचको एकता जटिल छ । कम्युनिष्टका दुई फरक धारका वैचारिक पक्षलाई मिलाएर पार्टी एकता गर्छौँ ।” बस्नेतले भने । “ फेरि अर्को कम्युनिष्ट पार्टी हुने छैन भन्ने गरी सबैको कम्युनिष्ट पक्षधरको भावना समेटेर नयाँ पार्टी बनाउँछौँ । एमालेको शान्तिपूर्ण कम्युनिष्ट धार र माओवादीको सशस्त्र कम्युनिष्ट आन्दोलनका भावनालाई समेटेर एकता गर्छौँ ।” राष्ट्रियसभा चुनावका लागि कतिपय व्यवहारिक पक्षलाई हेरेर तालमेल गरिएकाले माओवादी ३३ प्रतिशतमा खुम्चिएको बस्नेतको भनाई थियो । “जनताको अपेक्षा र आफूहरुले गरेको प्रतिबद्धतालाई प्राथमिकतामा राखेका छौँ । देशको हितलाई केन्द्रमा राखेर अगाडि बढेका हौँ ।” बस्नेतले भने । २००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेकाले जनताले वाम गठबन्धनलाई स्थिर सरकार र विकासका लागि म्यान्डेट दिएको उनको भनाई थियो । बस्नेतले आवश्यकता अनुसार सबैको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै सुमार्गीको पनि हुनुपर्ने बताए । व्यक्तिगत रुपमा कसैका बारेमा बहस गर्नुभन्दा पनि शुसाशन कायम राख्नका लागि आवश्यक काम सरकारले गर्नुपर्ने बस्नेतको भनाई थियो । एक फरक प्रसंगमा बस्नेतले सुमार्गी र माओवादी अध्यक्षबीचको सम्बन्धका बारेमा अनावश्यक चर्चा भएको बताए । “तथ्यको पारख नगरी प्रचारको पछि नलाग्न म आग्रह गर्छु । प्रचण्डसँग जोडेर कुरा गर्नुको कुनै तुक छैन”–बस्नेतले भने । प्रचण्डको राजनीतिक संरक्षणमा सुमार्गीले अवैध रुपमा नेपालबाट विदेश पैसा लाने र फर्काउने गरेको र संरक्षण रहेको भन्ने आरोप लाग्दै आएपछि नेता बस्नेतले त्यसको खण्डन गरेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending