Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

माओवादी बैठक सकियो, राष्ट्रियसभा उम्मेद्वार छान्ने जिम्मा शीर्ष तीन नेतालार्इ

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रको शीर्ष नेतृत्व र पार्टीका सातै वटा प्रदेशका इञ्चार्जसहितको बैठक सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकार गठन र केन्द्रदेखि प्रदेशसभार्मा एमाले र माओवादी सिट बाँडफाँड, उम्मेदवार छनोट लगायतका विषमा विस्तृत रुपमा छलफल भएको बताइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले एमाले र माओवादी केन्द्रबीचको सहमति अनुसार राष्ट्रियसभा सदस्यका लागि भाग परेको १४ सिटमा उम्मेदवार छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । स्राेतका अनुसार मंगलबार बस्ने शीर्ष तीन नेता अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ बसेर राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाउने बताइको छ । बैठकमा एमालेसँगको पार्टी एकता, पछिल्लो राजनीतिक अवस्था, एकता प्रक्रियाको अवस्था, एकतामा पार्टीको संगठनात्मक र वैचारिक राजनीतिक अडान, नेतृत्व वाडफाड, केन्द्रदेखि वडासम्म कस्ता पार्टी संरचना हुने जस्ता विषयमा गहन छलफल भएको बताइएको छ । एमाले र माओवादी पार्टीमा आन्तरिक छलफल, गृहकार्य गरेर एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छिट्टै पार्टी एकताका विषयमा वार्ता गर्ने र त्यस लगत्तै संयाेजन समितिको बैठक बस्ने तयारी छ । त्यसै अनुसार यी तयारी छलफल भएका हुन । राष्ट्रियसभा सदस्यका निर्वाचन आगामी माघ २४ गते हुँदै छ भने बुधबार उम्मेदवारको मनोनय गर्ने कार्यतालिका छ । नेकपा एमालेको पनि आज स्थायी कमिटी बैठक अध्यक्ष ओली निवास बालकोटमा जारी छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending