Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

एकै सिजनमा पाँच लाख कमाउँछन् इँटा मजदूर

\"\"भक्तपुर । सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनीहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् ।

दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ । बिहान ४ बज्दा नबज्दै उठ्ने र खलामा तयार रहेको माटोबाट इँटा बनाउने उनको दिनचर्या रहेको छ । बिहान उठ्ने बित्तिकै इँटा बनाउने, दिउँसो खाना खाएर इँटा सुकाउने, चाङ लगाउने र बेलुका फेरि भोलि पल्ट इँटा बनाउनका लागि खलको सरसफाइ गरेर दिन बित्ने गरेको छ । त्यसैगरी, सात र दुई वर्षका दुई छोराकी आमा रोजिना तामाङको दम्पती पनि विगत तीन वर्षदेखि इँटा पार्ने काम गर्दै आइरहेको छ । सिन्धुपाल्चोकका स्थायी बासिन्दा उनीहरूकाे पनि डेरा च्याम्हसिंहमा रहेको छ । अरु बेला ज्याला मजदूरी गर्ने रोजीनाको दम्पती पनि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहेको छ । दैनिक ज्याला मजदूरीमा भन्दा बढी आम्दानी हुने भएपछि रामबहादुर र रोजीनाको परिवार मात्र होइन सयौँ परिवार यतिखेर भक्तपुरका विभिन्न इँटा भट्टामा इँटा बनाउने कार्यमा तल्लीन छन् । विगत पाँच वर्षदेखि इँटाभट्टाको सिजनमा इँटा बनाउने कार्य गर्दै आइरहनुभएका रामबहादुरका अनुसार सिजनमा एक परिवारले  तीन लाखदेखि पाँच लाखसम्म कमाउने गर्दछन् । दैनिक १ हजार २०० देखि २ हजार वटासम्म इँटा बनाउँदै आएको बताउँदै रामबहादुरले दैनिक  दुईदेखि तीन हजार कमाइ हुने जानकारी दिए । आफूलाई आवश्यक पर्दा इँटा उद्योगले पेश्कीसमेत दिने भएकाले पनि सिजनमा अन्य पेशा छाडेर इँटा बनाउने पेशा अंगाल्ने गरेको रामबहादुरले बताए । रोजीनाका अनुसार इँटा बनाएको ज्याला गतवर्ष प्रतिगोटा एक रुपैयाँ ५० पैसा दिएको थियो । यसवर्ष भट्टा व्यवसायीले इँटाको ज्याला भने निर्धारण गरेका छैनन् । रोजीनाले भने, \'प्रत्येक वर्ष केही न केही रकम वृद्धि गरेर दिने गरेको छ ।\' विगतको तुलनामा इँटा पार्ने काम निकै सहज भइसकेको रोजीनाले बताइन । \'पहिले इँटा पार्न आफैँ खाल्डो खन्ने, मुछ्ने र अनि बल्ल इँटा पार्ने काम हुन्थ्यो,\' उनले भनिन, \'आजभोलि प्रविधिको विकाससँगै उद्योग आफैँले माटो मुछेर इँटा बनाउन तयारी माटो खलसम्म पु¥याउने व्यवस्था गरेको छ ।\' इँटाभट्टाले मजदूरका सन्तानलाई शिशु स्याहार केन्द्रको बन्दोबस्त गरेका कारणले पनि इँटा बनाउने कार्य सहज भएको रोजीनाले बताइन । विद्यालय जान सक्ने केटाकेटी विद्यालय जान्छन् । विद्यालय जान नसक्ने ससाना नानीलाई शिशु स्याहार केन्द्रमा राख्नुपर्ने व्यवस्था गरेको छ । काममा उल्झन नआउने भएकाले पनि इँटा पार्ने कामबाट राम्रै कमाइ हुन थालेको हो । भक्तपुर इँट्टाभट्टा व्यवसायी संघका अध्यक्ष नातीभाइ ह्योम्बाले जिल्लामा अहिले सञ्चालनमा रहेका ६२ वटै इँट्टाभट्टामा रहेका मजदूरलाई आवश्यक सेवा सुविधा उपलब्ध गराएको बताए । हप्ताहप्तामा कम खर्च दिइनुका साथै आवश्यक पेश्कीसमेत समयमा उपलब्ध गराउने गरेको उनले बताए । मजदूरका लागि पहिलाजस्तै अहिले माटो निकालेर मुछ्नु पर्ने समस्या छैन । जिल्लामा सञ्चालित सबै भट्टाका मजदूरका लागि भट्टा आफैँले माटो मुछेर खलखलमा पु¥याउने व्यवस्था गरेको छ । उनले भने, पहिला खलखलमा माटो मुछ्नका लागि बनाएको पोखरीमा बच्चा खसेर मृत्यु भएका घटनाका कारण पनि यो वर्षदेखि भट्टाले नै माटो मुछेर आवश्यक मात्रामा खलखलमा पु¥याउने व्यवस्था मिलाएको हो । मजदूरका सानासाना नानीका लागि चार/पाँचवटा भट्टा मिलेर उपयुक्त हुने ठाउँमा शिशु स्याहार केन्द्र खोलेको अध्यक्ष ह्योम्बाले बताए । उनका अनुसार जिल्लाका ६२ वटा इँटाभट्टाले अहिले २२ वटा शिशु स्याहार केन्द्र सञ्चालन गरिरहेका छन् । शिशु स्याहार केन्द्रमा बालबालिकालाई खाना खुवाउने, खेल्ने र पढाउने व्यवस्था उद्योग स्वयंले गरिरहेको छ । भट्टामा काम गर्ने मजदूरले यदि राम्रोसँग काम गरेको खण्डमा एक परिवारले मात्र एक सिजनमा र चार लाखदेखि पाँच लाखसम्म आम्दानी गर्नसक्ने अध्यक्ष ह्योम्बा बताए । प्रतिहजार इँट्टा पारेबापत कति दिने र बोक्नेलाई कति दिने भन्ने विषयमा ठेकेदारलाई जिम्मा दिइएको उनले बताए । \'त्यो सबै ठेकेदारले हेरेर गर्छ । यस अनुसार इँट्टा पार्ने र इँट्टा बोक्नेको छुट्टाछुटै ज्याला दिएको छ,\' उनले भने, \'इँट्टा बोक्नेले पनि एक सिजनमा एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छ ।\'

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy