Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

राष्ट्रियसभामा मुसलमान शून्य !

\"\"काठमाडौं । नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र सम्बद्ध मुसलमान भ्रातृ संगठनले राष्ट्रियसभामा मुसलमान समुदायको प्रतिनिधित्व शून्य गर्ने गरी थ्रेसहोल्ड ल्याइएको जनाउँदै त्यसको खारेजीको माग गरेका छन् । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले ठूला राजनीतिक दलबाट राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य बनाइएको भन्दै त्यसमा पुनःविचार नगरे आन्दोलन गर्ने चेतावनी दिए । थ्रेस होल्डका कारण गत निर्वाचनमा मुसलमान समुदायका प्रतिनिधि निर्वाचित हुन नसकेको र राष्ट्रियसभामा पनि कुनै पनि राजनीतिक दलले मुस्लिम समुदायका प्रतिनिधिलाई उम्मेदवार नउठाएका कारण उनीहरुको प्रतिनिधित्व राष्ट्रियसभामा शून्य हुने अवस्था आएको छ । एमालेका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सेराज अहमद फारुकीले देशको कूल जनसंख्याको ११ प्रतिशत जनसंख्या रहेको मुसलमान समुदायको प्रतिनिधित्वविना राष्ट्रियसभाको कल्पना गर्न नसकिने भन्दै यसमा ठूला तीन राजनीतिक दलले पुनःविचार गर्नुपर्ने बताए । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा मुस्लिम मुक्ति मोर्चा नेपालका अध्यक्ष अतहर हुसेन फारुकीले संविधानले व्यवस्था गरेको अधिकारलाई राजनीतिक दलले कुल्चने काम गरेको आरोप लगाए । मोर्चाका वरिष्ठ उपाध्यक्ष ताज महम्मद मियाले राष्ट्रियसभामा मुसलमानको प्रतिनिधित्व नगरिएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । नेपाली कांग्रेसको भ्रातृ संगठन मुस्लिम संघ नेपालका वरिष्ठ उपाध्यक्ष मोहमद निजामुद्दीनले विगतका हरेक आन्दोलनमा मुस्लिम समुदायको देन भए पनि राष्ट्रियसभाजस्तो गरिमामय स्थानमा उपस्थिति शून्य पार्नु कांग्रेससहित ठूला राजनीतिक दलको गैरजिम्मेवारपन भएको आरोप लगाए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending