Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

राजधानीका दुर्इ फरक घटना : पाँच प्रहरीमाथि अनुसन्धान सुरू

\"\"काठमाडौं । राजधानीमा हालै घटेका दुई छुट्टाछुट्टै घटनामा प्रहरीको पनि कमजोरी देखिएपछि प्रहरी नै अनुसन्धानको घेरामा तानिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौँले ती घटनाका सम्बन्धमा पाँच प्रहरीमाथि अनुसन्धान थालेको छ । बिहीबार दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनालाई गुपचुप राख्ने प्रयास गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका नायब प्रहरी उपरीक्षक तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण ठकुरी, प्रहरी नायब निरीक्षक चन्द भण्डारीमाथि अनुसन्धान शुरु गरिएको छ । आरोपित प्रहरीलाई वृत्तबाट सरुवा गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए । शैलेश कार्की नामका एक युवकमाथि ती युवतीलाई होटलमा बोलाएर आफ्ना तीन साथीसहित बलात्कार गरेको आरोप लागेको छ । सामूहिक बलात्कारजस्तो घटनामा आरोपितहरुले पीडित युवतीलाई रकम दिएर मिलापत्र गरेको घटनामा वृत्तका प्रहरी अधिकृतहरुलाई सहयोग गरेको आरोप लागेको छ । प्रवक्ता जोशीले पीडित युवतीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जानकारी दिए । उहाँले भन्नुभयो, “पीडितले प्रहरीमा लिखित रुपमा जाहेरी नै नदिएको देखिन्छ । पीडित भनिएकी युवतीसँग बयान लिएपछि मात्रै के भएको हो भन्ने थाहा हुन्छ ।” सो घटनाबारे परिसरले गठन गरेको छानविन समितिका संयोजक समेत रहनुभएका जोशीले घटनामा प्रहरीको कमजोरी भए÷नभएकोबारेमा समेत अनुसन्धान भइरहेको जानकारी दिए । यसैगरी, कलंकीस्थित एक होटलमा गत सोमबार छापा हानी जुवा खेल्ने समूहलाई भाग्न लगाई उनीहरुको साथमा रहेको रु चार लाख र मोबाइल लुटेर भागेको आरोपमा प्रहरीमाथि नै छानविन थालिएको छ । प्रहरी नायब निरीक्षक मोहनबहादुर मल्ल र प्रहरी जवान मनोहर बुढा जुवाखालमा छापी हानी रकम लिएर भागेको आरोपमा अनुसन्धानमा तानिएका छन् । सो रकम र मोबाइलबारे उनीहरुले आफ्नो माथिल्लो निकाय महानगरीय प्रहरी वृत्त कालिमाटीमा जानकारी नै गराएका थिएनन् । जुवा खेल्ने समूहका केही व्यक्ति आफ्नो मोबाइल लिन वृत्तमा आएपछि मात्रै सो घटनाबारे वृत्तले जानकारी पाएको थियो । परिसरका प्रवक्ता जोशीले जुवा खेल्नेलाई भगाई उनीहरुको साथमा रहेका रकम लुटेको देखिएको र दोषीमाथि कारबाही अगाडि बढाइएको जानकारी दिए । उनले भन्नुभयो, “लुटिएको भनिएको रु एक लाख ४० हजारमात्रै हामीले प्रहरीको साथबाट बरामद गरेका छौं तर, जुवाखालमा रहेकाहरुले रु चार लाख लुटेको आरोप लगाइरहेका छन् । ” प्रहरी जवान बुढालाई निलम्बन गरिएको र नायब निरीक्षक मल्ललाई कारवाहीका लागि माथिल्लो निकायमा सिफारिश गरिएको पनि उनले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending