महेन्द्रनगर । प्रदेश नं २ को जनकपुरमा हुने प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूची आज तय हुने भएको छ । प्रदेश सभाको बैठकको तयारीको विषयमा मंगलबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संसदीय सचिवालयका कर्मचारी तथा सरोकारवालासँग छलफल गरेका थिए ।
आज प्रदेश सभाको पहिलो बैठकको विषयमा कार्यविधि तयार गर्न सर्वदलीय बैठकको आह्वान गरेका छन् । प्रमुख कायस्थले माघ २१ गते हुने प्रदेश सभाको पहिलो बैठकका लागि दलसँग परामर्श गर्ने आज परामर्श बैठक आह्वान गरेका हुन ।
बैठकबाट २१ माघमा हुन लागेको प्रदेश सभाको प्रथम अधिवेशनको कार्यसूचीको विषयमा निर्णय हुनेछ । दलहरुको सहमतिमा नै अधिवेशनको कार्यसूची तयार गरिने प्रदेश प्रमुखका स्वकीय सचिव बरुण यादवले बताए । प्रदेश सभाले सभामुख, उपसभामुखको निर्वाचन गर्नुपर्नेछ भने प्रदेश सरकार गठनका लागि पनि प्रयास गर्नुपर्ने छ । तयारी बैठकमा यसबारे पनि छलफल हुनेछ । बैठकको तयारीका लागि संघीय संसद् सचिवालयले सहसचिव वंशीराज पौडेलको नेतृत्वमा कर्मचारी खटाएको छ । त्यसैगरी, जिल्ला सुरक्षा समितिले प्रदेश सभाका लागि प्रहरी इन्स्पेक्टरको नेतृत्वमा २१ जना मर्यादापालक सुरक्षाकर्मी खटाउने निर्णय गरेको छ । केन्द्रीय संसद्मा जस्तै उनीहरु सादा पोशाकमा खटिने धनुषा प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंहले बताए।सुरक्षा समितिको निर्णयअनुसार बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका करिब ५० जना खटाइनेछन् । मर्यादापालकको संख्या पनि ५० पु¥याउने लक्ष्य रहेको प्रहरी नायब निरीक्षक सिंहले बताए ।
माघ ७ गते प्रदेश प्रमुख कायस्थले प्रदेश सभाका ज्येष्ठ सदस्य ललनलाल चौधरीलाई शपथग्रहण गराएका थिए भने चौधरीले बाँकी १०६ जना सदस्यलाई शपथ ग्रहण गराएका थिए ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: