Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

दुबईलाई पराजित गर्दै नेप्लिज स्पोर्टस ग्रुप रसअल खैमह विजयी

\"\"युएई । युनाईटेड अरब ईमिरेट्स (युएई) को रस अल खैमहमा सम्पन्न भएको फुटबल प्रतियोगितामा नेप्लिज स्पोर्टस ग्रुप रसअलखेमाले जित हात पारेको छ । गत शुक्रबार ९ तारिक सम्पन्न उक्त प्रतियोगिताको फाईनल म्याचमा नेप्लिज कम्युनिटी दुबईलाई ट्राई बेकरमा २ का विरुद्द १ गोलले पराजित गर्दै नेप्लिज स्पोर्टस ग्रुप रस अल खैमहले जीत हासिल गरेको हो । युएई स्थित रसअलखेमा सरकारको फुट्बल ग्राउण्डमा सम्पन्न उक्त प्रतियोगितामा विजेता टीमले ४ हजार दिर्हाम्स (१ लाख १२ हजार रुपैयाँ) नगद र उपविजेता टीमले २ हजार दिर्हाम्स (५६ हजार रुपैयाँ) नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगिता युएईमा सम्पन्न भएको हालसम्मकै सबैभन्दा ठुलो धनराशी भएको प्रतियोगिता हो । प्रतियोगितामा युएईमा रहेका ८ वटा नेपाली क्लबहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको फाइनल खेलमा बिनोद श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । फेयर प्ले टीम अवार्ड युनाईटेड स्टार क्लब दुबईले पाएको छ । त्यसैगरि उत्कृष्ट गोलकिपर राजु खुजाम घोषित भएभने सबै भन्दा बढी गोल गरेर अरुण घिसिङ पुरस्कृत भए । उनले प्रतियोगितामा ४ गोल गरेका थिए । फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी स्वीकार राई घोषित भए । प्रतियोगिता हेर्न एनआरएन आईसीसी सदस्य सुदिप कार्की, एनसीसी सदस्य रेसम लामा, आरसीसी सदस्य जनार्दन सुवेदी, ईनास महासचिव राम तामाङसहित सर्वसाधारण नेपाली कामदारहरु लगायतको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्पोर्ट्स ग्रुपका अध्यक्ष किशोर शाक्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending