Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

माेदीकाे यसपटककाे नेपाल भ्रमण विगतकाे भन्दा यसकारण फरक

प्रकाश सिलवाल । काठमाडौँ, २८ वैशाख। छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ ।  नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या समाधानतर्फ बल पुग्ने देखिएको छ । दुई देशबीचको शताब्दीऔँ पुरानो र जनस्तरको सम्बन्धमा यस्ता उच्चस्तरका भ्रमणको आदानप्रदानले सौहार्दता वृद्धि गरी साझा समृद्धिको यात्रामा सहयोग विस्तार हुने अपेक्षा गरिएको छ । दुई देशबीच विगतमा भएका सम्झौताहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपालले यो भ्रमणलाई सदुपयोग गर्नुपर्ने परराष्ट्र मामिलाका जानकारहरुको मत छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री मोदी दुईदिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै काठमाडौँ आइपुगेका हुन् । प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गरेका थिए ।\"\" भारतका प्रधानमन्त्री मोदीबाट हुने धार्मिक र पर्यटकीय स्थल जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको अवलोकन भ्रमणको धार्मिक र पर्यटकीय महत्व देखिएको छ भने राष्ट्रपति÷प्रधानमन्त्रीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता हुने भएकाले यसको राजनीतिक आयाम पनि रहेको छ । नयाँ संविधान जारीका समयमा भारतले राजनीतिक रुपमा देखाएको असन्तुष्टि नेपालमाथि अघोषित नाकाबन्दीका रुपमा समेत प्रकट भएपछि दुई देशबीचको सम्बन्धमा नकारात्मक असरसमेत परेको थियो । प्रधानमन्त्री मोदीको यो भ्रमणले विगतका नकारात्मक पक्षलाई बिर्सेर सौहार्दतर्फ उन्मुख गराउन खोजेको मानिएको छ । भारतका राजनेता मोदीले व्यापार, पर्यटन, पारवहन, प्रविधि र परम्परामा आपसी सहकार्यका लागि जनकपुरबाट गर्नुभएको सम्बोधनले बहुआयामिक सम्बन्धलाई बोकेको देखिन्छ । दुई देशबीच सन् १९५० को सन्धिलगायत आपसी सम्बन्धको पुनरावलोकनका लागि प्रबुद्ध समूह गठन भई समीक्षा जारी छ । भारतका लागि पूर्व नेपाली राजदूत प्रा लोकराज बराल भन्छन् “मोदीको भ्रमण सकारात्मक छ । यसले नयाँ समझदारी बढाउन मद्दत गर्छ । विगतका सम्झौताहरुको कार्यान्वयनमा नेपालले सदुपयोग गर्न सक्नुपर्छ ।” उच्चस्तरीय भ्रमणको आदानप्रदान हुनु आफैँमा सकारात्मक भएको भन्दै उनले भारत सरकारले विगतमा घोषणा गरेका सहयोगका प्रतिबद्धताहरु चाँडो पूरा हुनुपर्ने राससलाई बताए । परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ उच्चस्तरीय भ्रमणको आदानप्रदानले कूटनीतिक तहमा हल र संवाद हुन नसकेका विषयलाई सहज संवाद गराउन सहज हुने प्रतिक्रिया दिए । श्रेष्ठले भने, “छिटोछिटो रुपमा यस प्रकारको भ्रमण हुनु सकारात्मक हो, भ्रमण पूरा भइसकेपछि समग्र समीक्षा गर्नु उचित हुनेछ ।” नेकपा (माओवादी केन्द्र) का विदेश विभाग सचिव युवराज चौलागाईंका विचारमा उच्चस्तरको भ्रमणका क्रममा आपसी सम्बन्धमा देखिएका समस्या समाधान गर्ने अवसरका रुपमा हेर्नुपर्ने जनाउँदै नेपालको नयाँ राजनीतिक स्थितिमा यो भ्रमणको दीर्घकालीन महत्व रहने टिप्पणी गरे । उनले मोदीका लागि गरिएको आतिथ्यता र स्वागतलाई नकारात्मक र बढाइचढाइ गरेर सामाजिक सञ्जालमा गरिएको विरोध अनावश्यक भएको पनि बताए । भारतका प्रधानमन्त्री मोदी यसअघि २०७१ साउन र मंसिरमा नेपालको भ्रमणमा आएका थिए । त्यसबेला उनले संसदलाई सम्बोधन गरेका थिए । उनले अहिलेको भन्दा बढी स्वागत, सत्कार र आतिथ्यता पाएका थिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy