Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मानव मूत्रीय फोहोर व्यवस्थापन चुनौती

पोखरा । सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनयिरिङ र खानेपानी तथा ढल निकास विभाग तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाद्वारा संयुक्त रुपमा आयोजित एक अन्तक्र्रियामा मानव मलमूत्रीय फोहोर व्यवस्थापन अबको चुनौती रहेकामा जोड दिइएको छ । मानव मलमूत्रीय फोहोर व्यवस्थापनका लागि नीतिगत, संस्थागत तथा नियामक खाका विषयक अन्तक्र्रियामा वक्ताहरूले स्वच्छ वातावरण अपरिहार्य आवश्यकता भएको बताउँदै मानव मलमूत्रको सही व्यवस्थापन हुन नसक्ने हो भने वातावरणीय स्वच्छतामा ठूलो असर पार्ने बताए । स्वच्छ वातावरणको विषय मानवीय स्वास्थ्यका साथै अन्य विभिन्न क्षेत्रसँग प्रत्यक्ष जोडिएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । मानव मलमूत्र व्यवस्थापन वातावरणीय स्वच्छताका लागि अपरिहार्य भएको बताउँदै उहाँले यसको सही व्यवस्थापन हुनुपर्नेमा जोड दिए । पर्यटकीय विकासका लागि पनि वातावरण स्वच्छ हुनु आवश्यक भएको बताउँदै मन्त्री लम्सालले वातावरणसँग जोडिएका जुनसुकै विषयमा सरोकारवाला निकायसँग मन्त्रालय सहकार्य गर्न तयार भएको उल्लेख गरे । पूर्वमन्त्री गणेश शाहले मानव मलमूत्रको व्यवस्थापनका लागि जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए । स्वच्छ खानेपानी तथा वातावरण मानवको जीवनसँग प्रत्यक्ष जोडिएका विषय भएको बताउँदै उहाँले यस क्षेत्रको अध्ययन अनुसन्धानका साथै जनशक्ति विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए । सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियरिङका अध्यक्ष रामदेव शाहले मानव मलमूत्र व्यवस्थापन वातावरणको संरक्षणका लागि अपरिहार्य आवश्यकता भएको बताउँदै यसका लागि सबैको सहकार्य आवश्यक हुनेमा जोड दिए । साना शहरी खानेपानी आयोजनाका सहसचिव रामचन्द्र शाहले मानव मलमूत्रको व्यवस्थापन एवं वातावरणको संरक्षणका लागि स्थानीय तहको सक्रियता आवश्यक हुनेमा जोड दिए । कार्यक्रममा ढल निकास विभागका क्षेत्रीय निर्देशक रमाकान्त दवाडी, पोखरा विश्वविद्यालयका डिन डा. खेमराज जोशी, रामचन्द्र उपाध्यायलगायतले फोहोरलाई मोहोरमा बदल्ने दीर्घकालीन सोचका साथ मानव मलमूत्र व्यवस्थापन गर्ने विषयलाई सरोकारवाला निकायले गम्भीरताका साथ लिनुपर्ने धारणा राखेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies