Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

७ बर्ष अघि शुरु भएको गणतन्त्र स्मारक अन्तिम चरणमा

काठमाडौँ । सात वर्षअघि निर्माण शुरु भएको गणतन्त्र स्मारक अन्तिम चरणमा पुगेको छ भने गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ । शहरी विकास तथा भवन निर्माण विभागले सो स्मारक निर्माण गरेको हो । स्मारक सञ्चालन कसले कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि मस्यौदा भइरहेको विभागका उपमहानिर्देशक मणिराम गेलालले राससलाई बताए । लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रुपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा छन् । राणा शासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएका ज्यूँदा शहीदका नाममा सम्झनास्वरुप खम्बा निर्माण गरिएको हो । नारायणहिटी दरबार सङ्ग्रहालयले उपलब्ध गराएको ३५ रोपनी क्षेत्रफलमा स्मारकका संरचना निर्माण गरिएको विभागका वरिष्ठ डिभिजनल इन्जिनियर मचाकाजी महर्जनले जानकारी दिनुभयो । स्मारकको मूल संरचना भने दुई रोपनी क्षेत्रफलमा फैलिएको छ । “जनआन्दोलनका शहीदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरी पनि निर्माण गरिएको छ, स्मारक अण्डाकार संरचनाको छ, जहाँबाट रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार हुनेछ”, वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले भने । स्मारकमा ‘शहीदको रगत खेर जाने छैन, नेपालकै लागि सदुपयोग हुनेछ’ मूल भाव आउने वाक्यसमेत राख्ने तयारी गरिएको छ । स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालयलगायतका संरचनासमेत निर्माण भएको छ । यसअघि नारायणहिटी दरबार क्षेत्रमा रहेको टुकुचा नदीको चौडाइ विस्तार गरिएको छ । यसले टुकुचामा आउने ठूलो बाढी पनि थेग्ने उनले बताए। नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वपट्टि नागपोखरीमा अवस्थित स्मारकमा नेपालमा प्रजातन्त्र प्राप्तिका लागि जनताले निर्वाह गरेको भूमिकाका विभिन्न तस्वीर र कलाकृतिलगायतका सामग्री राखिनेछन् । स्मारकको भावनात्मक सम्बन्ध हरेक नेपालीसँग जोडिएकाले लोकतन्त्र प्राप्तिका लागि शहीदको बलिदानीलाई जीवन्त राख्न मद्दत गर्ने विश्वास लिइएको छ । यस्ता कलाकृतिले जनतामा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र ल्याउन कति साहस, त्याग र बलिदानीको आवश्यकता प¥यो भन्ने देखाउँछ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्था झल्किने कलाकृति पनि स्मारकको ग्यालरीमा राखिनेछ । नेपालको तीनवटै भौगोलिक अवस्था चिनाउने आकृतिबाट रातो किरण निस्किनेछ, कलाकृतिका माध्यमबाट हिमाली क्षेत्रका मनमोहक हिमाल, पहाडका डाँडाकाँडा र तराईको समथर भूभाग ग्यालरीमा राखिनेछ । त्यसबाट उत्पन्न हुने रातो प्रकाशले शहीदका चार स्मारकलाई उज्यालो बनाउँछ । “किरणका माध्यमबाट शहीद, बेपत्ता र अङ्गभङ्ग पारिएकालाई राष्ट्रले सम्झिरहेको छ भन्ने प्रतिकात्मक अर्थ दिनेछ”, उनले भने । विसं २०६८ चैत १४ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले स्मारक शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएकामा भूकम्प र नाकाबन्दीका कारण चार वर्ष ढिला भएको विभागले जनाएको छ । स्मारक प्रवेशमा शुल्क नलाग्ने स्मारकमा प्रवेश गर्नका लागि शुल्क नलाग्ने गरी कार्यविधि निर्माण भइरहेको विभागका उपमहानिर्देशक गेलालले सुनाए। कार्यविधि मन्त्रिपरिषद्ले पारित गरेपछि कार्यान्वयन हुनेछ । नारायणहिटी दरबार सङ्ग्रहालय भ्रमणका लागि भने तोकिएअनुसार टिकट काट्नुपर्नेछ । भ्रमण र अध्ययनका लागि आउने सर्वसाधारण, विद्यार्थीका साथै विदेशी पर्यटकलाई नेपालमा लोकतन्त्र प्राप्तिको चित्र र संघर्षलाई भावनात्मकरुपमा देखाउने एवं बुझाउने स्मारकको मूल लक्ष्य हुनेछ । सङ्ग्रहालय प्रमुख रोहितकुमार ढुङ्गानाले स्मारक अन्तिम चरणमा पुगेको देखिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने थाहा नभएको बताए। एकैपटकमा १०० जनाभन्दा बढीले स्मारक भ्रमण गर्न सक्नेछन् । स्मारक निर्माणमा भारत र चीनका प्राविधिक संलग्न थिए । रु ३५ करोडमा सम्झौता भए पनि स्मारक निर्माणका लागि रु ४० करोड लागेको बिकोइ÷स्काई÷बंगलामुखी जेभीका रोशन श्रेष्ठले बताए। आन्तरिक साजसज्जाको काममात्र बाँकी रहेको उनको भनाइ थियो । बजेट अभावले अन्योलमा गणतन्त्र स्तम्भ स्मारकसँगै निर्माण हुने भन्ने चर्चामा आएको गणतन्त्र स्तम्भ भने अझै अन्योलमा छ । स्तम्भको ड्रइङ, डिजाइन सबै तयार भए पनि बजेटको सुनिश्चितता नहुँदा स्तम्भ अन्योलमा रहेको विभागले जनाएको छ । स्तम्भ निर्माण गर्न रु एक अर्ब ८७ करोड बराबरको लागत अनुमान गरिएको वरिष्ठ डिभिजनल इन्जिनियर महर्जनले सुनाउनुभयो । स्तम्भ निर्माणका लागि त्रिभुवन विश्वविद्यालयले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयसँगै जोडिएको काठमाडौँ महानगरपालिका वडा नं १४ गाङ्खेलको ६० रोपनी जग्गा दिने सहमति गरेको छ । सहमतिबमोजिम मन्त्रिपरिषद्ले निर्णय गरी स्तम्भका नाममा सो जग्गा छुट्याइसकेको छ । स्तम्भ ९४ मिटर उचाइको बनाइने योजना छ । यसअघि १५० मिटर अग्लो स्तम्भ निर्माण गर्ने तयारी गरिएकामा नमूना परिवर्तन गरी ९४ मिटरमा झारिएको विभागले जनाएको छ । अलपत्र राष्ट्रिय शहीद स्मारक विसं २०६३ वैशाख ११ गते लोकतन्त्रको स्थापना भएसँगै शुरु गरिएको राष्ट्रिय शहीद स्मारक निर्माणको काम १२ प्रवेश गर्दा पनि अलपत्र छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले गोकर्णको यज्ञडोल ९जगडोल० सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । स्मारकमा राणा शासनदेखि पछिल्लो जनआन्दोलनसम्मका शहीदका नाममा स्तम्भ, शहीद सङ्ग्रहालय, पुस्तकालय, शान्ति स्तम्भ, निजामती पार्क र ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संरक्षणविद्को सम्झनामा घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ । साविकको शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत द्वन्द्वोत्तर शान्ति परियोजनाले निर्माण गरिरहेको स्मारक मन्त्रालयको खारेजीसँगै अलपत्र बनेको हो । निर्माण व्यवसायीको लापरवाहीले स्मारक अलपत्र बनेको निर्माण कार्यदल कार्य सम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताए । शान्ति मन्त्रालय खारेजी भएपछि आगामी आर्थिक वर्षमा कुन मन्त्रालयबाट स्मारक निर्माणका लागि बजेट आउँछ भन्ने अझै अन्योल रहेको उनले सुनाए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies