काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।
विभागले आज थप चार वटा तार उद्योगको कारोबार रोक्का गरेको छ भने गत यस महिना भरी १५० उद्योग अनुगमन गर्दै २०वटा भन्दा बढीको कारोबार रोक्का गरेको छ ।
आज कारोबार रोक्का गरिएका उद्योगहरूमा जनता केवल इन्डस्ट्रीञञ प्रा.ली., युनाइटेड वायर एन्ड केवल इन्डस्ट्री प्रा.ली., प्राइम केवल इन्डस्ट्री प्रा.ली. र राठी ब्रान्डको अन्नपूर्ण केवल्स प्रा.ली. रहेका छन् ।
विभागले काठ्माण्डौँको भोटाहिटी क्षेत्रमा अनुगमन गर्दा उक्त तार उद्योगहरूले आफ्ना उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेको पाएपछि कारोबार रोक्का गरेको हो । कारबाहीमा परेका उद्योगीहरूले रोक्का गरिएको कारोबार फुकुवाका लागि बिलविजक लगायतका आवश्यक कागजात सहित विभाग उपस्थित हुन विभागले सूचना गरेको छ ।
विभागका महानिर्देशक कुमार दहालले भने, ‘हामीले मगाएका सबै कागजपत्र र नमुना सहित विभागमा उपस्थित भएको अवस्थामा कारबाही फुकुवा गर्नेछौँ, यसअघि कारोबार रोक्का भएका केही उद्योगको कारबाही फुकुवा पनि गरिएको छ । हामी नयाँ नयाँ ठाउँहरूमा अनुगमन गरी रहेका छौँ, अनुगमन हरेक दिन जारी रहन्छ ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा अनुगमन कार्यलाई तीव्रता दिएको वाणिज्य विभागले सबै सामग्रीहरूमा(एमआरपी) अनिवार्य गरेको छ ।
सिमेन्टका बोराहरूमा(एमआरपी) राख्नका लागि भने उद्योगीहरूले केही दिनको समय माग गरेकोमा उक्त समय सकिन लागेको छ । सिमेन्टमा आगामी वैशाख १ देखी (एमआरपी) राखिने बताइएको छ ।
तौलेर वा गजले नापेर बेच्ने बाहेकका हरेक सामग्रीमा (एमआरपी) अनिवार्य गरिएको हो । अनुगमन कार्यलाई तीव्रता दिएसँगै अधिकांश उद्योगीहरूले भने (एमआरपी) राखेको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २२ गते, २०८२ - २१:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच करिब २ घण्टा छलफल भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ...
बैशाख २२ गते, २०८२ - २१:२५
बर्दिया । प्रहरीले बर्दियाको बाँसगढी नगरपालिकाबाट अवैध लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । आइतबार साँझ ५ बजे २१ किलो ५ सय ६७ ग्राम अफिमसहित उन...
बैशाख २२ गते, २०८२ - २१:२२
रुपन्देही । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय...
बैशाख २२ गते, २०८२ - २१:१९
सङ्खुवासभा । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण...
बैशाख २२ गते, २०८२ - २१:०१
उदयपुर । मदन भण्डारी लोकमार्गको उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहर...
बैशाख २२ गते, २०८२ - २०:५८
गाजा । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । ...
बैशाख २२ गते, २०८२ - २०:५४
बागलुङ । बागलुङमा चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा सवारी दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार ...
बैशाख २२ गते, २०८२ - २०:४८
मकवानपुर । बागमती प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प...
बैशाख २२ गते, २०८२ - २०:४४
बेइजिङ । दक्षिणपश्चिम चीनको एउटा रमणीय स्थानमा तीव्र हावाले पर्यटक बोकेको डुङ्गा पल्टिएपछि नौ जनाको मृत्यु भएको र ७० जनालाई अस्पतालमा भर्ना गरिएको सरक...
बैशाख २२ गते, २०८२ - २०:३९
सिरहा । सिरहामा जबरजस्ती करणी आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा बरियारपट्टी गाउँपालिका–१ का १९ वर्षीय विवे...
प्रतिकृया लेख्नुहोस्: