Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

एक आपसमा शंका गर्दा देश पछाडि धकेलियो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपालको अहिलेको राजनैतिक परिवर्तन अनुकरणीय र संसारकै मौलिक भएको बताउँदै त्यसका नेतृत्वकर्ताहरुलाई विश्वमा स्थापित गर्न पहल गर्नुपर्ने बताएका छन्। ११ औं गणतन्त्र दिवसको अवसरमा गणेशमानसिंह जन–आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा ‘संविधानको गतिशीलता र राजनैतिक दलको भूमिका’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको परिवर्तनमा मुख्य भूमिका खेल्ने नेतृत्वलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गराउनु पर्ने बताए । अध्यक्षले प्रश्न गर्दै भने, ‘सात राजनीतिक दलको तर्फबाट शान्ति सम्झौताका हस्ताक्षरकर्ता दिवंगत नेता गिरिजाप्रसाद कोइराला र निकै ठूलो जोखिम उठाएर र ठूल्ठूला क्षति व्यहोरेर बिद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने र लोकतन्त्रमा रुपान्तरण गर्ने हामी दुबै शान्ति सम्झौताका हस्ताक्षरकर्तालाई अन्तराष्ट्रिय रुपमा स्थापित र पुरस्कृत गर्न किन पहल गर्दैनौं ? यसका लागि हामीमा किन जाँगर आउँदैन ?’ नेपालको ऐतिहासिक परिवर्तनलाई सम्मानित गर्ने, सात राजनैतिक दल र नेकपा माओवादीका सबै नेताहरुलाई सम्मानित गर्ने र नेपालको लोकतान्त्रिक आन्दोलनको इज्जत प्रतिष्ठालाई विश्वभरि स्थापित गर्ने कार्य नेपाल राष्ट्रका लागि महान् हुने अध्यक्ष प्रचण्डको भनाई थियो । अध्यक्षले नेपालको राजनीतिक परिवर्तन अन्यत्रको भन्दा मौलिक ढंगले सम्पन्न भएको हो भन्ने भावी सन्ततीको निम्ति पनि यो ठूलो पाठ हुने बताए । ‘हामीले यसो गर्यौं भने यो कुरा गिरिजाप्रसाद र प्रचण्डको लागि मात्र हुँदैन । हाम्रो इज्जत, प्रतिष्ठा, त्याग, तपस्या र बलिदानलाई सम्मानित गर्न र मानव जातिकै निम्ति एउटा राम्रो उदाहरण हो भनेर प्रस्तुत गर्न अरु त चाहँदैनन् नै तर हामी नै पनि किन बल गरिरहेका छैनौं,’ अध्यक्षले प्रश्न गरे । उनले नेपालीहरुले नै यसको लागि पहल गर्नुपर्ने बताए । अध्यक्षले नेपालको राजनीतिक इतिहासका सन्दर्भमा वामपन्थी र प्रजातन्त्रवादी भन्ने दुईटा बिचार बोकेका पार्टीहरु आपसमा सहमति गर्दा ठूलाठूला परिवर्तन भएका र एकआपसमा आशंका र निषेध गर्दा देश पछाडि धकिलिएको स्मरण गराए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy