Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

६ जुवाखालमा प्रहरीको छापा, सट्टेबाजी खेलाउने ६ जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसरले सट्टेबाजी खेलाउने ६ जनालाई पक्राउ गरेको छ । प्रहरी परिसरको टोलीले काठमाडौँका ठमेल, लाजिम्पाट, दरबारमार्ग तथा ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा बसेर अनलाइन सट्टेबाजी गरेको आरोपमा गौरब तिवारी, भूपेन्द्र शम्शेर कुँवर, अञ्जन केसी, विजय श्रेष्ठ, नरेन्द्र सुवाल र दिनेश बोगटीलाई पक्राउ गरेको हो । प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी करोडौँ रुपैयाँ अनलाइनमार्फत सट्टेबाजी गर्दै आएका ६ जनालाई सार्वजनिक गरेको हो । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले इण्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगितामा सट्टेबाजी गरी जुवा खेलाएको भन्ने सूचनाका आधारमा सोमबार छापा मारी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । “जेठ १३ गते मैतिदेवी घर भई पासिकोट बस्ने गौरब तिवारीलाई पक्राउ गरी उनको मोबाइल र ल्यापटपका रेकर्डका आधारमा अरुलाई पक्राउ गरिएको हो” – उनले भने । प्रहरीले सट्टेबाजी खेलाउने क्रममा तिवारीसँग रु सात करोड ४७ लाख दुई हजार, कुँवरसँग रु तीन करोड २२ लाख ९७ हजार, पूर्व राष्ट्रिय फुटबल खेलाडी केसीसँग रु दुई करोड ७७ लाख दुई हजार र सुवालसँग रु ७७ लाख बैंक खातामा रकम देखिएको जनाएको छ । परिसरका प्रमुख पोखरेलले नागराज भन्ने अमृत अग्रवालसँग मिली गौरब तिवारीले सट्टेबाजी गर्ने गरेको र पछि नागराजसँग विवाद परेपछि आफैँ लण्डनबाट मास्टर एकाउण्ट खोलेर कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको बताए । उक्त समूहले रु २५ हजारदेखि रु १५ लाखसम्मको बाजी खेलाउने गरेको प्रहरीले फेला पारेको छ । सट्टेबाजीमा गुण्डा नाइके दाबा लामाको समेत संलग्नता रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy