Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने मन्त्री सुनुवारको प्रतिबद्वता

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताएका छन्। युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उनले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको लागि यसपटकदेखि दुर्घटना बीमाको व्यवस्था गर्ने बताए। मन्त्री सुनुवारले तेह्रौं दक्षिण एसियाली खेलकूद प्रतियोगिता आयोजनाको लागि आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको लागि तयारी भइरहेको जानकारी दिए । एसियाली खेलकुूद प्रतियोगितामा सहभागी हुने खेल संख्या र खेलाडीको संख्या निर्धारणका लागि मन्त्रालयबाट गठित कार्यदलले कार्य सम्पन्न गरेको भन्दै मन्त्री सुनुवारले स्वर्णपदक विजेतालाई मासिक रु पाँच हजार तथा ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजार सम्मान भत्तास्वरुप प्रदान गर्ने बताए । उहाँले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्ने भनाइ व्यक्त गरे । त्यस्तै राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आगामी १० महिनाभित्र दशरथ रंगशाला एवं पोखरा रंगशालाको निर्माणकार्य सम्पन गरिने भन्दै सोही महिनाभित्र नेपालमा नै आयोजना हुने तेह्रांै दक्षिण एसियाली खेलकूद प्रतियोगिताको सबै तयारी पूरा गर्ने बताउनुभयो । उनले आगामी तीन वर्षभित्र ५० हजार क्षमता भएको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण कार्यलाई अगाडि बनाउने योजना भएको बताए । मन्त्रालयले सय दिनभित्र विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना, अखिल नेपाल फुटबल संघको निर्वाचन सम्पनलगायतको कार्यक्रम सम्पन्न गरेको मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए। उहाँका अनुसार बाह्रवर्षे खेलकूद गुरुयोजनाको मस्यौदा तयार भएको, खेल प्रशिक्षक नभएको जिल्लामा ३९ जना प्रशिक्षकलाई परिचालन गरिएको, नेपाल खेलकूद विज्ञान प्रतिष्ठानबाट स्पोर्टस युनिभर्सिटी स्थापनाको अवधारणापत्र तयार भइरहेको छ । त्यस्तै कार्यक्रममा युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना तर्जुमा भएको, ७२ जिल्लामा १४६ वटा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्ताव स्वीकृत भई सम्बन्धित जिल्ला युवा समितिको कार्यालयमा सम्झौताको लागि पठाइएको, राष्ट्रिय अपांगता भएका व्यक्तिसँग कोषको सम्झौता भई १८७ जना अपांगता भएका युवालाई सहयोग सामग्री वितरण गरिएकोलगायतको कार्यक्रम गरिएको जानकारी दिइयो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending