Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

व्यवसायीको नजरमा ‘बजेट युवामुखि’

\"\" भक्तपुर । भक्तपुरका उद्योगी तथा व्यवसायीले सरकारले आव २०७५/७६ का लागि प्रस्तुत गरेको बजेट युवामुखी र आशालाग्दो भएको बताएका छन् । उद्योग वाणिज्य महासंघका पूर्वद्धितीय उपाध्यक्ष एवं व्यवसायी केपी ताम्राकारले सरकारले बजेट युवालाई विदेश पलायन हुनबाट रोक्ने किसिमको भएको बताए । कार्यक्रमलाई सरकारले कार्यान्वयनमा ल्याउन सके युवा विदेशिनबाट रोकिने र विदेशीएकाहरु पनि फर्केर देशमै व्यवसाय सञ्चालन गर्नसक्ने उनको भनाइ छ । उनले भने–“सरकारले युवालाई स्वदेशमै व्यवसाय गर्नसक्ने अवस्थाको सिर्जना गरेको छ, बजेट कार्यान्वयन भए, उद्योग, व्यवसायमा राम्रै फड्को मार्छ ।” विदेशबाट फर्कने नेपालीलाई व्यवसाय सञ्चालनका लागि रु १० लाखसम्म ऋण उपलब्ध गराउने गरी सरकारले ल्याएको बजेटले युवा उत्साहीत भएको ताम्राकारले बताए । त्यसैगरि शैक्षिक प्रमाणपत्रको आधारमा रु सात लाखसम्म अनुदानमा ऋण उपलब्ध गराउने सरकारको बजेट कार्यक्रमले जिल्ला जिल्लामा युवालाई उद्यमी बनाउनसक्ने उनी बताउछन् । ताम्राकारले भने–“शैक्षिक प्रमाणपत्रका आधारमा ऋण पाउने युवाले ऋणलाई सामूहिक रुपमा लगानी गरेर उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बन्यो भने युवा विदेशिनु पर्दैन, जिल्ला जिल्लामा युवा आफैंले रोजगारी सिर्जना गर्न सक्छन्, बजेटको यो सकारात्मक पक्ष हो ।” त्यसैगरी भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केपी अवालले व्यवसायीको हितमा बजेट आएको प्रतिक्रिया दिए । उनले सरकारले भ्याट फिर्ता खारेज गर्नु राम्रो भएको बताउँदै कम आय हुनेलाई कम कर र बढी आय हुनेलाई कर बढी लगाउनु सकारात्मक पक्ष भएको उल्लेख गरे । दूध डेरी, कपडा पसल, मासुपसल लगायत घरेलु उद्योग तथा व्यवसायलाई सरकारले प्रोत्साहन दिनु राम्रो भएको प्रतिक्रिया दिँदै उनले भूकम्पपछि पुनःनिर्माणको चरणमा देश रहेको अवस्थामा निर्माण सामग्रीलाई सहज र सरल बनाउन सरकारको ध्यान पुग्नसकेन भने । “उद्योगीले बारम्बार उठाउँदै आएको बहु दर भ्याटलाई बजेटले सम्बोधन गरेको छैन,” अवालले भने । उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले समग्रमा बजेट उद्योग एवं व्यवसाय सञ्चालन गर्न उत्साह दिनेगरी आएको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending