Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

काठमाडौंमा हैजाको त्रास, दुई शंकास्पद बिरामीपछि स्वास्थ्य सतर्कता बढाइयो

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो लक्षण भएका दुई जना बिरामी भेटिएपछि निगरानी र परीक्षणलाई तीव्र बनाइएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबार सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारका लागि पुगेका एक जना तथा सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) पुगेका अर्का एक जनामा आरडीटी परीक्षणबाट हैजाको प्रारम्भिक संकेत देखिएको छ। दुवै बिरामी झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल पुगेका थिए।

महाशाखाको रोग निगरानी शाखाका प्रमुख हेमराज पाण्डेले आरडीटी परीक्षणले प्रारम्भिक संकेत मात्र दिने भएकाले कल्चर परीक्षणको रिपोर्टपछि मात्रै हैजा पुष्टि हुने बताए। उनका अनुसार रिपोर्ट आउन करिब ४८ घण्टा लाग्नेछ।

महाशाखाले उपत्यकाका सबै स्वास्थ्य संस्थालाई हैजासँग मिल्ने लक्षण भएका बिरामी देखिए तत्काल जानकारी गराउन निर्देशन दिएको छ। आवश्यक औषधि, परीक्षण किट र अन्य स्वास्थ्य सामग्री पर्याप्त मौज्दातमा रहेको महाशाखाका प्रमुख डा. अनुज भट्टचनले बताएका छन्।

यसअघि काठमाडौंकै सिभिल अस्पतालमा पनि हैजाका लक्षण भएका बिरामीमा संक्रमण पुष्टि भएको थियो। उपत्यकाबाहिर भने मनसुन सुरु भएयता मोरङको विराटनगर र बझाङमा एक–एक जनामा हैजा पुष्टि भइसकेको छ।

महाशाखाका तथ्यांकअनुसार सन् २०२६ मा हालसम्म देशभर ४४ जना शंकास्पद हैजाका बिरामी र ३ हजार ६३२ जना झाडापखालाका बिरामी भेटिएका छन्। मनसुन सक्रिय भएसँगै दूषित पानी र खाद्य पदार्थबाट संक्रमण फैलिन सक्ने जोखिम बढेकाले स्वास्थ्यकर्मीले उमालेको वा सुरक्षित पानी पिउन, सफा खाना खान र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending