Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विमानस्थलमा छैन दमकल, खरिद प्रक्रिया शुरु

\"\" काठमाडौँ । मुलुकको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको दमकल पुरानो भएका कारण अत्यावश्यक सेवाका लागि समस्या पर्ने देखिएको छ । विमानस्थलमा रहेका पाँच वटा दमकलमध्ये दुई वटा दमकल पुरानो छ । तीमध्ये एउटा २५ वर्ष पुरानो हो भने अर्को २२ वर्ष पुरानो हो । बाँकी रहेका तीन वटा दमकलले विमानस्थलको समग्र अग्नि नियन्त्रणको काम गर्नुपरेको छ । गत फागुन २८ गते बंगलादेशी वायु सेवाको युएस बंगला विमान दुर्घटना तथा गत वैशाख ७ गते राति मलेसियन वायु सेवाको मालिन्दो एयर दुर्घटना भयो । विमानस्थलमा २४सै घण्टा तम्तयारी हालतमा दमकल राख्नु पर्छ तर दमकलको अभावमा अत्यावश्यक समयमा सेवा दिनसमेत समस्या पर्नेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार तथा अग्नि निवारण महाखाशाका अनुसार दुई वटा दमकल काम नलाग्ने अवस्थामा पुगेका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार कम्तीमा तीन वटा दमकल विमानस्थलमा आवश्यक हुन्छ । क्यानिडा कम्पनीको २५ वर्ष पुरानो एउटा र अर्को रोजनवर्गको २२ वर्ष पुरानो दमकल काम नलाग्ने अवस्थामा पुगेका हुन् । विमानस्थल सुधारका लागि सरकारले गठन गरेको विज्ञ समूहले समेत विमानस्थलमा रहेको अग्नि नियन्त्रक सामग्रीमा रहेको कमीप्रति चिन्ता व्यक्त गर्दै तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् । दमकल नै काम नलाग्ने अवस्थामा पुगेको भन्दै उनीहरुले थप चार वटा अग्नि नियन्त्रक सामग्री खरिद गर्न सरकारलाई सुझाव दिएका हुन् । विमानस्थललाई चुस्त, प्रभावकारी, भरपर्दो बनाउँदै संवेदनशील विषयसँग जोडिएका उपकरण खरिदमा लापरवाही नगर्नसमेत सुझाव दिइएको छ । विज्ञ समूहका सदस्य एवं उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव संगालेका जानकार कमलप्रसाद रिमाल भन्नुहुन्छ, “विमानस्थलमा हुने दुर्घटनाको जोखिमलाई ध्यान दिँदै कम्तीमा पनि चार वटा अग्नि नियन्त्रक तम्तयारी अवस्थामा राख्नु पर्छ । संसारभर नै हवाई यात्रुको संख्यामा बढोत्तरी हुँदै गएको र त्यसको प्रभाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पर्ने भएकाले भौतिक पूर्वाधारको विकास तथा सुरक्षात्मक उपाय अपनाउनुपर्ने र कुनै पनि कमजोरी गर्न नहुने रिमालको भनाइ छ । यस्तै हवाई क्षेत्रका जानकार दीपेन्द्रमान श्रेष्ठ अग्नि नियन्त्रक एवं अन्य भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बताछन् । “बिग्रिएका दमकल राखेर भएन, तत्काल नयाँ दमकल खरिद गर्नुपर्छ”, उनको भनाइ छ । विमानस्थलको उद्धार तथा अग्नि निवारण महाशाखाका प्रमुख सरोज पोखरेल हाल विमानस्थलमा तीन वटा दमकल तथा अग्नि नियन्त्रक उपकरण तम्तयारी हालतमा रहने गरेको जानकारी दिन्छन् । कूल पाँच वटामध्ये दुई वटा पटक पटक मर्मत गर्नुपर्ने भएकाले नयाँ खरिदका लागि आवश्यक प्रक्रिया शुरु गरिएको उनको भनाइ छ । विमानस्थलले नयाँ दमकल खरिदका लागि ठेक्का नै शुरु गरिएकोे छ । अर्को अग्निनियन्त्रकका लागि आगामी आवमा बजेट उपलब्ध गराइदिन प्राधिकरणलाई आग्रह गरिएको छ । विमानस्थलमा तीन वटा एम्बुलेन्स छन् । थप एम्बुलेन्स खरिदका लागि प्रक्रिया शुरु गरिएको छ । विगतका केही दुर्घटनाको अनुभवका आधारमा उद्धारका लागि विमानस्थल आसपासमा ठूला सवारी सञ्चालन हुन सक्ने सडक आवश्यक पर्ने देखिएको प्रमुख पोखरेल बताउछन् । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री भने विमानस्थलमा दमकल अभाव रहेको भन्ने भनाई सत्य नभएको बताउछन् । “जति बढाउन सक्यो, त्यति राम्रो हो । उपलब्ध भएकालाई तन्दुरुस्त अवस्थामा राखेका छौँ । नयाँ खरिदका लागिसमेत प्रक्रिया शुरु भएको छ”,उनी भन्छन् । २१ घन्टाको सञ्चालनले ल्यायो सहजता यही जेठ ७ गतेदेखि सञ्चालनमा ल्याइएको विमानस्थलको सेवा थप सहज भएको छ । विमानस्थलमा रात्रिको समयमा अवतरण हुने जहाज ‘होल्ड’ हुने समस्यामा केही कमी आएको छ । मध्यरात १२ बजेपछि भने कुनै पनि जहाज उडान तथा अवतरण हुने गरेका छैनन् । उडान तालिका मिलाउन केही समस्या भएका कारण आगामी केही समय विमानस्थल २१ घण्टा सञ्चालनमा आए पनि रातको समयमा भने उडान थपिएका छैनन् । एक्काइस घण्टा विमानस्थल सञ्चालनपछि केही सहजता आएको जानकारी महाप्रन्धक क्षेत्री दिन्छन् । उडान तालिका मिलाइएपछि रातको समयमा समेत अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुने उनको भनाइ छ । हाल विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ दुई नेपालीसहित ३० र आन्तरिकतर्फ २० वायु सेवा प्रदायकले सेवा दिँदै आएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending