Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कृषकलाई ब्याजबिना बीउ पूँजी प्रदान

\"\" स्याङ्जा। स्मार्ट नगरका रुपमा घोषणा भई अगाडि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी वितरण गर्दै आएको छ । रकमको अभावमा पेशाबाट विस्थापित हुने अवस्था आउन नदिने र दैनिक विदेशी भूमिमा रोजगारीका लागि जाने युवायुवतीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले यस प्रकारको अभियान सञ्चालन गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “कृषि, पशुपालन र उद्यमशीलता कार्य शुरु गरेका तर स–साना पूँजीको अभावले पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले बीउ पूँजीको व्यवस्था मिलाएका हौँ,” उनले भने, “बीउ पूँजीका लागि न्यूनतम रु ५० हजारदेखि अधिकतम रु पाँच लाखसम्म अवस्था हेरि उपलब्ध गराउँछौँ ।” वालिङ नगरपालिका कृषि, पशुपालन तथा विभिन्न प्रकृतिका स–साना उद्योगको सम्भावना बोकेको क्षेत्र भएकाले यस पेशालाई प्राथमिकतामा राखेर आगामी आवका लागि पनि नीति निर्माण प्रक्रिया शुरु गरेकोे नगर प्रमुख खाँणले बताए । “हामीले तरकारीखेती गर्ने किसानका लागि छ महिनादेखि एक वर्ष, पशुपालनका लागि एक वर्ष र फलफूल खेतीका लागि दुई वर्षको अवधि रहने गरी बिना ब्याज बीउ पूँजी उपलब्ध गराउने छौँ” उनले भने, “नगरपालिकाले बीउ पूँजीको व्यवस्था गरेसँगै अहिले कृषक तथा पशुपालन गर्ने व्यवसायी रकम प्राप्तिका लागि नगरपालिका कार्यालयमा आवेदन दिन आउने गरेको छ ।” जुन प्रयोजनका लागि रकम लगिएको हो सोही प्रयोजनमा प्रयोग भए नभएको हेर्न नगरपालिकाले समय समयमा अनुगमन र मूल्यांकन गर्ने गरेको तथा बीउ पूँजीको अवधि सकिएपछि उक्त रकम फिर्ता भएपछि सो रकम अर्को समूहलाई प्रदान गर्ने व्यवस्था मिलाएको छ । यसैगरी आन्तरिक स्रोत र विभिन्न दातृ संस्थाको सहयोगबाट ‘सहुलियत लगानी उद्यमी कोष’ स्थापना गरी नगरपालिकाले कम्तीमा पाँच देखि छ प्रतिशत ब्याजदरमा कृषक तथा पशुपालक व्यवसायीलाई ऋण लगानी गर्ने योजनासमेत बनाएको छ । वालिङ नगरभित्र रहेका २२ वटा बैंकसँग छलफल गरी कृषि तथा पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकले तोकेको सहुलियत ब्याजदरमा कृषि तथा पशुपालनमा गर्नुपर्ने लगानीलाई अनिवार्य गर्नुपर्ने नीति निर्माणको क्रममा रहेको पनि नगरपालिकाले जनाएको छ । यसरी उद्यमीले उत्पादन गरेका विभिन्न उत्पादित वस्तुको मूल्यांकन, अगुवा र सफल भएका उद्यमीलाई पुरस्कारस्वरुप मेशिन तथा उपकरणको खरिदमा वालिङ नगरपालिकाले ५० प्रतिशतसम्म अनुदान दिने नीति निर्माण गर्ने रणनीतिसमेत लिएको नगरप्रमुख खाँणले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending