Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सौराहामा हात्तीपार्क बनाइने

\"\" चितवन । जंगल सफारीसँगै हात्तीबाट मनोरञ्जन लिनका लागि सौराहामा हात्तीपार्क बनाइने भएको छ । हात्ती चढेर निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्नुका साथै नदीमा नुहाउन र खेल्न हात्तीलाई प्रयोग गरिँदै आएको छ । यससँगै ज्येष्ठ उमेर भएका र सफारीमा जान नसक्ने हात्तीलाई प्रयोग गरेर हात्तीपार्क निर्माण गर्न लागिएको हो । युनाइटेड इलाफेन्ट कोअपरेटिभ सौराहाका अध्यक्ष दीपक भट्टराईले अमेरिकाको वल्र्ड एनिमल प्रोटेक्सन सेन्टरसँग सहकार्य गरी हात्तीपार्क बनाउने तयारी गरिएको बताए । सौराहा क्षेत्रमा एकै ठाउँमा ६० बिगाह हाराहारीको जग्गा खरिद गरेर वा भाडामा लिएर हात्तीपार्क निर्माण गर्ने तयारी गरिएको उहाँले बताए । हाल सो सहकारी अन्तर्गत ५७ वटा हात्ती रहेका छन् भने सहकारीमा नभएका अन्य चार हात्ती पनि निजी क्षेत्रबाट सञ्चालनमा रहेका छन् । अमेरिकाको सो संस्थाले सबै लगानी आफ्नै तर्फबाट गर्न, व्यवसायीलाई ऋण दिएर सहयोग गर्न र आधा÷आधा लगानीमा पार्क सञ्चालन गर्ने गरी तीन विकल्प दिएको अध्यक्ष भट्टराईले बताए । उनका अनुसार ती तीन विकल्पमध्ये एउटा विकल्पमा पार्क निर्माणका लागि गृहकार्य भइरहेको छ । पार्क निर्माणसँगै हात्ती साङ्लामुक्त हुनेछन् । सो पार्कमा पर्यटकले हात्तीका गतिविधि हेर्नसक्ने छन् । जसका कारण पर्यटकका लागि नयाँ र थप गन्तव्य बन्नसक्ने उहाँको भनाई छ । हात्ती खरिद गर्दा रु ८० लाखको हाराहारी पर्ने गर्दछ । हात्तीको आयु एक सय वर्षको हुनेगर्दछ । ५० वर्षपछि ती हात्तीलाई पार्कमा राखेर पर्यटकको विशेष गन्तव्य बनाउने योजना रहेको क्षेत्रीय होटल संघ चितवन सौराहाका वरिष्ठ उपाध्यक्ष समेतरहेका भएका अध्यक्ष भट्टराईले बताए । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भविष्यमा हात्तीको अभावमा जंगल सफारी बन्द हुने अवस्था भएमा पर्यटकलाई विकल्पको गन्तव्यका रुपमा पार्क बनाउन सकिने बताए । उनका अनुसार हाल महँगो मूल्यमा हात्ती खरिद गर्नुपर्ने बाध्यता छ । एउटा हात्तीलाई गर्भधारणका लागि २२ महिना कुर्नु पर्नेहुन्छ । अहिले भएका हात्ती बूढो हुँदै जाँदा सफारीका लागि धेरै हात्ती पाउन मुस्किल पर्नसक्ने भन्दै समयमा नै पार्क निर्माण गरी भविष्यमा हात्तीसँग खेल्न र आनिबानी हेर्न रुचाउने पर्यटकका लागि विकल्पको खोजीका रुपमा पार्क बनाउन लागिएको अध्यक्ष घिमिरेले बताए । नेपालमा भारतीय क्षेत्रबाट हात्ती खरिद गरी ल्याउने गरिन्छ । निजीसंँगै यहाँको चितवन राष्ट्रिय निकुञ्जमा हाल ५७ वटा सरकारी हात्ती छन् । विगत लामो समययता निकुञ्जको आफ्नै प्रजनन केन्द्रमा हुर्काइएका हात्तीले निकुञ्जलाई हात्ती पूर्ति गर्दैआएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार केही वर्ष पहिला भारतलाई चार गैँंडा उपहार दिँदा १६ हात्ती भारतले नेपाललाई दिएको थियो । तत्कालीन राजा वीरेन्द्र शाह हुँदा थाइल्याण्डले पनि एउटा हात्ती नेपाललाई उपहार दिएको थियो । ठूलो वन्यजन्तु र मानिससँग घुलमिल गराउन सकिने भएकाले मानवजाति हात्तीसँग रमाउने गर्दछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy