Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नौ दिनदेखि नगरवासी अन्धकारमा

\"\"ताप्लेजुङ । विद्युत्सेवा बन्द भएपछि ताप्लेजुङको फुङलिङ नगरपालिकाका दुईवटा वडा विगत नौ दिनदेखि अन्धकारमय बनेका छन् । फुङलिङ नगरपालिका–१० फुरुम्बुमा रहेको याफ्रे लघु जलविद्युत् आयोजनाको टर्वाइनमा आएको खराबीका कारण विद्युत् सेवा बन्द भएपछि वडा नम्बर १० र ११ ९साविकको हाङ्देवा र फुरुम्बु गाविस० अन्धकारमय बनेका हुन् । गएको जेठ २० गतेदेखि टर्वाइनमा आएको खराबीका कारण विद्युत्सेवा बन्द भएको आयोजनाले जनाएको छ । यता लामो समयसम्म विद्युत् सेवा बन्द हुँदा स्थानीय उपभोक्ता भने अन्धकारमा बस्न बाध्य छन् । विद्युत् नहुँदा मट्टितेलको भरमा रहनु परेको स्थानीय विष्णुप्रसाद पोखरेलले बताउनुभयो । महिनामा बल्लतल्ल बीस दिन बत्ती बल्ने गरेकोमा अहिले पूरै बन्द हुँदा समस्या भएको पोखरेलको भनाइ छ । आयोजनाको व्यवस्थापनमा हेलचेक्राइँ हुने गरेकाले लामो समयसम्म विद्युत् अवरोध हुँदै आएको स्थानीयको आरोप छ । हाल बिग्रिएको टर्वाइन मर्मतका लागि अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ । यस्तै उक्त आयोजनाले ल्याब टेष्ट नगरेका साथै कमसल प्रकारका मिटरबक्स जडान गरेकाले उपभोक्ता समस्यामा परेको जनाइएको छ । सामान्य बत्ती बाल्दा पनि धेरै महशुल देखिने, मिटर बक्सबाट ठूलो आवाज आउनेजस्ता समस्या देखिएको स्थानीय घनेन्द्र गुरुङले बताए । उहाँका अनुसार आयोजना निर्माणका समयमा भएको इस्टमेटअनुसारका सामान नल्याइएको र कमसल प्रकारका सामान जडान गरिएकाले समेत समस्या भएको छ । विभिन्न ठाउँमा अर्थिङ जडानका लागि उपभोक्तासँग आयोजनाले पैसा उठाएको तर हालसम्म अर्थिङ जडान नहुँदा आफूहरु त्रासमा परेको स्थानीयले बताएका छन् । ९५ किलोवाट क्षमताको उक्त आयोजनाबाट ९४५ घरपरिवारले विद्युत् उपभोग गर्दै आएको बताइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy