जेष्ठ २९ गते, २०७५ मगलवार 12th June, 2018 Tue१०:२९:२८ मा प्रकाशित
रोल्पा । २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ ।
अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् ।
रोल्पाको सुकिदह गाउँपालिकाको एक वडाले सबै घर हरियो रंगले पोतेर देशकै पहिलो हरित वडा भएको दाबीसहित सार्वजनिक कार्यक्रममार्फत घोषणासमेत गरिसकेको छ भने उत्तरी रोल्पाको एक वडाले नङ नकाटेर भत्ता बुझ्न आउने सेवाग्राहीलाई सामाजिक सुरक्षा भत्ता नदिने भएको छ ।
थवाङ गाउँपालिका–३, मिरुलले यस्तो अभियानको थालनी गरेको हो । पूर्ण सरसफाइ अभियानलाई टेवा पु¥याउने उद्देश्यले वडाले यस्तो अभियान चालेको बताएको छ । पूर्ण सरसफाइका लागि व्यक्तिगत सरसफाइ पहिलो खुड्किलो भएकाले सामाजिक सुरक्षा भत्ता बुझ्ने सरसफाइमा संवेदनशील होउन् भन्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेका हौँ, वडाध्यक्ष भीमबहादुर रोकाले भने ।
जनताको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउँदै नागरिकलाई समेत कर्तव्यप्रति जिम्मेवार बनाउन यस्तो अभियान थालेको रोकाले बताउनुभयो । वडामा पूर्ण सरसफाइ अभियान चलिरहेको भएपनि पूर्ण सरसफाइसम्बन्धी व्यवहार परिवर्तनको अवस्था निकै कमजोर रहेकाले यस्तो कामको थालनी गरेको अध्यक्ष रोकाले बताउनुभयो ।
वडा कार्यालयमा सेवा लिन आउने सबै सेवाग्राहीलाई व्यक्तिगत सरसफाइका लागि उत्प्रेरित गरिरहेका छौँ, वडासचिव चन्द्रज्योति सुवेदीले भने । साबुन पानीले हात धुने, कपाल कोर्ने, नङ काट्ने, शुद्धीकरण गरिएको पानी मात्र प्रयोग गर्ने कुरामा सेवाग्राहीलाई उत्प्रेरित गर्दै आएको सुवेदीले जानकारी दिए ।
सन् २०२१ भित्र वडालाई पूर्ण सरसफाइ उन्मुख वडा बनाउने लक्ष्य लिएका कारण अहिलेदेखि नै व्यवहार परिवर्तनमा जोड दिइरहेको सुवेदीले जानकारी दिए ।
सन् २०२२ भित्र जिल्लालाई पूर्णसरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने लक्ष्य निर्धारण गरिएकाले स्थानीय तहसमेत सक्रिय हुन थालेको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका सरसफाइ फोकल पर्सन डिल्लीराज न्यौपानेले बताए। १० स्थानीय तहमा ७२ वडा रहेको रोल्पामा हालसम्म एक वडा मात्रै पूर्ण सरसफाइ उन्मुख घोषणा भएको न्यौपानेले जानकारी दिए ।
अभियान सफल पार्न सबै स्थानीय तहले सक्रियता देखाएका कारण तोकिएकै समयमा जिल्ला पूर्णसरसफाइ उन्मुख हुनेमा आफू आशावादी रहेको न्यौपानेको भनाइ छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: