Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

अब सूचना दिनेलाई रु २५० पुरस्कार

वीरगञ्ज । छिपहर माई गाउँपालिका वडा नं ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई रु २५० पुरस्कार दिने घोषणा गरेको छ । सो आचारसंहिताको बुँदा नं ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा रु ५०० जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो जरिवानाबाट रु २५० पुरस्कार दिने उल्लेख हो । ‘एक घर एक चर्पी, भिस्वावासीको शान, स्वच्छ जीवन वातावरण हामी सबैको स्वाभिमान’ भन्ने नारासहित छिपहरमाई गाउँपालिका वडा नं ५ ले जारी गरेको १३ बुँदे सरसफाइसम्बन्धी आचारसंहितामा सधै चर्पीमा दिसापिसाब गर्नेछु, बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने छैन घरको चर्पीलाई नियमित सफाइ गर्नेछु, वडाभित्रका सबै विद्यालय घर कार्यालयमा चर्पी राख्नेछु, वडालाई दिसामुक्त क्षेत्र कायम गरी पूर्ण सफाइ गर्नेजस्ता प्रतिबद्धतासहित सो आचारसंहिता जारी गरिएको हो । छ सय ७२ घरधुरी तथा करीब १० हजार जनसंख्या रहेको सो वडालाई पूर्ण सरसफाइका लागि वार्षिक बजेट विनियोजन गर्नुका साथै खुला दिसामुक्त कार्यक्रमका लागि प्रभावकारीरुपमा अगाडि बढाइने छ भन्दै उक्त गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले भने “आजको बालबालिका भोलिको कर्णधार भएकाले सरसफाइप्रति सबै सजक हुनुपर्छ ।” उक्त गाउँपालिका वडा नं ५ भिस्वागाउँ पर्सा जिल्लाको ४९औँ खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप घोषणा गरिएको छ । हालसम्म जिल्लाको पाँच वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् । महिला चेलिबेटीहरु खुला ठाउँमा दिसापिसाब गर्न जाँदा बलात्कार तथा हिंसाको शिकार हुनुपरेकाले सबैले आ–आफ्नो घरमा चर्पी प्रयोग गरी यस्ता हिंसाबाट बच्न सक्नेछन् भन्दै वडाध्यक्ष असलम आलमले आ–आफ्नो घरमा चर्पी नबनाउनेलाई स्थानीय तहको सुविधाबाट वञ्चित गरिने जानकारी दिए । ग्रामीण क्षेत्रलाई धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा गरिँदै आए पनि सडक पेटीका मुख्य स्थानमा सार्वजनिक शौचालय नभएकाले बाटो हिँड्ने बटुवाले सास्ती भोग्दै आइरहेका छन् । चर्पी नै नभएको ठाउँलाई दिसामुक्त क्षेत्र घोषणा गर्नु जायज नभएको भन्दै बाटो हिँड्ने बटुवाले सार्वजनिक शौचालय नबनाएर कागजी भरमा दिसामुक्त क्षेत्र घोषणा गर्नु जनप्रतिनिधिको अकर्मण्यता भएको स्थानीयवासीको टिप्पणी छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy