Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

वीरगन्ज भन्सारमा कडाई, ‘बिल अफ एक्सपोर्ट’ लागू

\"\"वीरगन्ज । देशको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयले आयातमा ‘बिल अफ एक्सपोर्ट’ लागू गरेको छ । भारतबाट आयात हुने वस्तुको बिल ‘अफ एक्सपोर्ट’ लागू गरेको हो। यसअघि आयातकर्ताले चेक लिस्टका आधारमा जाँचपास गराउँदै आएका थिए । केही वस्तुको बिना वीरगन्ज भन्सारमा जाँचपास प्रक्रिया नहुने भन्सार प्रमुख सेवन्तक न्यून बिजकीकरण र गलत घोषणा गर्ने परिपाटीलाई निरुत्साहित पार्न ‘बिल अफ एक्सपोर्ट’ गत आइतबारदेखि अनिवार्य गरिएको कर्मचारीले बताएका छन् । वस्तु निकासी भएपछि रक्सौल कस्टमले ‘बिल अफ एक्सपोर्ट’ जारी गर्छ । ‘चेकलिस्ट बिल अफ एक्सपोर्ट जस्तै भए पनि त्यो रक्सौल कस्टमबाट प्रमाणित कागज होइन,’ एक कर्मचारीले भने, ‘बिल अफ एक्सपोर्ट कस्टमको प्रमाणित कागजात हो । त्यसमा वस्तुको नाम, मूल्य, उत्पत्तिलगायतको विवरण हुन्छ ।’ बिल अफ एक्सपोर्ट जारी गर्न कम्तीमा दुई दिन लाग्ने भएकाले जाँचपास प्रक्रियामा ढिलाई हुने आयातकर्ताले गुनासो गरेका छन् । ‘जाँचपासमा ढिलाई भएसँगै दैनिक लाखौँ रुपैयाँ मालवाहक सवारीको डिटेन्सन शुल्क तिर्नुपरेको छ,’ वीरगन्जका एक आयातकर्ताले भने, ‘व्यापार सहजीकरण हुनुपर्नेमा झन बाधा सृजना गरिएको छ ।’ भारतीय वस्तु बोकेर वीरगन्ज नाकाका लागि दैनिक करिब ५ सय मालवाहक ट्रक आउने गरेका छन् । तोकिएको भाडामा लाग्ने अतिरिक्त शुल्क व्यवसायीले अन्तिममा उपभोक्ताबाट असुल्छन् । आयातकर्ताका अनुसार रक्सौल कस्टमले निकासीको समयमा उपलब्ध गराउने चेक लिस्ट नम्बर कस्टमको वेभसाइटमा राखेर वस्तु चेक गर्न सकिन्छ । चेक लिस्ट नम्बर हातले लेखेर केही आयातकर्ताले वीरगन्ज भन्सारमा अनियमितता गरेको यसअघि उजागर भएको थियो । ‘आयातकर्ताले गरेको बदमासीका कारण सबैले दुस्ख भोग्नुपरेको छ,’ एक एजेन्ट भन्छन्, ‘गल्ती गर्नेलाई कारबाही गर्नुको सट्टा सबैलाई असहज हुने नियम लागू गरिएको छ । चेकलिस्ट नम्बर हातले लेख्नेलाई कारबाही गर्न सकिन्थ्यो, प्रिन्टेड नम्बरलाई मात्र मान्यता दिएको भए हुन्थ्यो ।’ वीरगन्ज भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले रक्सौल कस्टमले यथाशीघ्र बिल अफ एक्सपोर्ट जारी गर्ने प्रतिबद्धता जनाएको बताए । बिल अफ एक्सपोर्ट जारी गर्न ढिलाइ हुदैन भनेका छन्, पोखरेलले भने, ‘गलत गर्ने केही एजेन्ट र आयातकर्ताले भ्रम मात्र फैलाएका हुन् । असहज हुनेका लागि भन्सार सहजीकरण गर्न तयार छ ।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy