Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

हिलाम्मे बन्यो गौशाला, सर्वसाधारणलाई सास्ती

गौशाला।चारैतिर खाल्डाखुल्डी र कच्ची बाटो रहेको महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर अहिले हिलाम्मे बनेको छ । जिल्लाको सदरमुकाम भए पनि यहाँको कुनै पनि स्थानमा पिच बाटो नरहेको अवस्थामा विगत दुई तीन दिनमा पटकपटक भीषण पानी परेको कारण जलेश्वरको प्रत्येक चौक चौराहा, हाट बजार र सार्वजनिक स्थलमा अहिले हिलैहिलो भएको हो । वर्षाको पानीले जलेश्वरको शंकरचोक, नगरपालिकाचोक, दुर्गाचोक, खैराचौक, बुद्धिजीवीचोक, अस्पतालचोक, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, मालपोत, महिला विकास, जिल्ला शिक्षा कार्यालय, कृषि कार्यालय, पशु कार्यालय र जिल्ला अस्पताल जस्ता ठाउँमा हिलैहिलो भएको छ, भने नगरभरि बाटोमा रहेका खाल्डाखुल्डीमा पानी जमेर सर्वसाधारणलाई निक्कै सास्ती भएको छ । त्यसैगरी वर्षाको पानीले सबैतिर हिल्लामे बनाएपछि जिल्लाको सदरमुकामस्थित विभिन्न हाटबजार, कार्यालयसहित सेवा पाउने स्थानमा सेवाग्राहीको चहलपहलमा कमी देखिएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आधा किलोमिटर पनि पक्की बाटो छैन भने केही दिनअघि नाला बनाउने नाउँमा नगरभरिको प्रत्येक बाटोकोबीच भएरै गहिरो खाल्डो खनिएपछि झन यहाँको कुनै पनि बाटो सुरक्षित र भरपर्दो छैन् । अहिले वर्षायाममा आएर जलेश्वरका मूल र सहायक सबै बाटो खनिएपछि विभिन्न स्थानमा मालबाहक तथा सवारी साधन फसेको छ, भने सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ । साथै बाटो खनेर जथाभावी छाडिएकाले प्रत्येक दिन मोटरसाइकल, ट्याम्पु र साइकल चढ्ने यात्रु दुर्घटनामा पर्ने गरेका छन् । यसैबीच रातिको बेला बाटो हिँड्ने बटुवा र चौपाया पनि नगरभित्रको खाल्डो खसेर दुर्घटनामा पर्ने गरेको नगरवासीले गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधि आएर विकास गर्ने, जनतालाई सुख हुने विश्वास लिएका नगरवासीले स्थानीय तह सहित प्रदेश र संघको चुनाव भएको पनि यतिका दिन वितिसक्दा पनि विकासको अनुभूति गर्न नसकेको भन्दै निराशा व्यक्त गरेका छन् । साथै सम्बन्धित माथिल्लो निकायलाई सदरमुकामको अवस्थाप्रति ध्यानाकर्षणको माग गरेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy