Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

भित्र र बाहिरवाला कुरा गर्दैनौँ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँग सम्बन्ध सुधारेकाे  बताएका छन्। असार ५ देखि १० गतेसम्म मित्रराष्ट्र चीनको भ्रमण गरेका प्रधानमन्त्रीले स्वदेश फर्केको तेस्रो दिन प्रतिनिधिसभालाई आफ्नो भ्रमणका उपलब्धिबारे जानकारी गराएका हुन्। मंगलबार बिहान बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा मुलुकको विकासको प्रयासमात्र पर्याप्त नहुने भएकोले छिमेकीहरूको सहयोग जुटाउन आफू लागेको बताए। हामीले छिमेकीसँग सम्बन्ध सुधारेका छौँ। विश्वास, समझदारी र सहकार्यको वातावरण निर्माण गर्न सफलता प्राप्त गरेका छौँ, प्रधानमन्त्रीले भने। हामी क्षणिक हिसाबले एउटा विरुद्ध अर्कोको कार्ड खेल्ने, उचाल्ने अथवा तात्कालीक हितका निम्ति गैरजिम्मेवार तरिकाले चल्ने काम गर्दैनौँ\', प्रधानमन्त्रीले भने, \'हामी दुबै छिमेकीहरूसँग विश्वासयोग्य, भरपर्दो र पारस्परिक सहयोग तथा सहकार्यको वातावरण निर्माण गर्न चाहन्छौँ।\' नेपालको विकासको प्रयासमा छिमेकीको साथ चाहिने भएकोले त्यसनिम्ति आफ्नो सरकारले प्रयास गरेको प्रधानमन्त्रीको भनाई छ। छिमेकी मुलुकहरूको सम्वेदनशीलता पनि नेपालले बुझेको बताउँदै प्रधानमन्त्रीले उनीहरूको जायज चासोको सम्बोधन गर्ने बताए। कतिपयले सरकारले बाहिर गर्ने कुरा र भित्री व्यवहारबीच तालमेल नरहेको शंका गरेकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले सरकार पारदर्शी रहेको बताए। आफ्नो विकासको प्रयाससँगै अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि नेपालले भूमिका खेल्न चाहेको प्रधानमन्त्रीले बताए। \'हामी हाम्रा दुई छिमेकीबीच असमझदारी हटाउन सकारात्मक भूमिका खेल्छौँ। उहाँहरूबीचमा पनि सहकार्य विकास गर्ने कुरामा हाम्रो सकारात्मक योगदान रहन्छ\', प्रधानमन्त्रीले भने । पञ्चशील, पारस्परिक लाभ र स्वाभिमानका आधारमा राष्ट्रिय हीतलाई केन्द्रमा राखेर काम गर्ने प्रधानमन्त्रीले स्पष्ट पारे। \'अन्तर्राष्ट्रिय सम्बधमा पनिस हामी तनाव होइन, शान्तिको पक्षमा छौँ। अझ हामी हाम्रा छिमेकीहरूमा तनावको पक्षमा हुनै सक्दैनौँ। यो नै हाम्रो हीतमा छ। हाम्रा हरेक भेट र भ्रमणमा यो भावनालाई स्पष्ट पारेका छौँ।\' बलिया छिमेकीहरूको सामर्थ्य र प्रविधिलाई नेपालको विकासका प्रयासमा मिसाउन चाहेको उनको भनाई छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy