काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतले नेपालले मिचेको भूमि फिर्ता मागेमा सरकारले कुन भूमि दिने हो भन्दै प्रश्न उठाएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गंगा श्रेष्ठले प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि प्रश्न उठाएकी हुन्। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको दाबी गर्दै सरकारले त्यस विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताइन्।
उनले सीमाका जंगे पिलरहरू हराउँदै र सीमाना सर्दै जाँदा सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइन्।
“बेलुका नेपाली भएर सुतेका नागरिक बिहान उठ्दा भारतीय बन्नुपर्ने अवस्था आउँदा उनीहरू कसरी बसेका होलान्रु” भन्दै उनले सरकारलाई प्रश्न गरिन्।
सांसद श्रेष्ठले नेपालको सीमा र राष्ट्रियता जोगाउन सरकार गम्भीर हुनुपर्ने बताउँदै नेपाली भूमि गुम्न नदिने प्रतिबद्धता व्यक्त गरिन्। उनले सीमा सुरक्षाका विषयमा समेत सरकारलाई जवाफ दिन माग गरिन्।
यसैगरी, उनले सरकारले गाडी तेर्स्याएर नाटकमा रमाइरहेको आरोप लगाउँदै नागरिक भने चिन्तित रहेको बताइन्। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि गरेका प्रतिबद्धता सरकार बनेपछि पूरा गर्न नसकेको उनको आरोप थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १४:०५
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भारतले नेपालले मिचेको भूमि फिर्ता मागेम...
आषाढ़ ३१ गते, २०८३ - १३:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्। सिंहदरबारस्थित संसद् भवनमा बुधबार सभामुख डोलप्रसाद अर्य...
आषाढ़ ३१ गते, २०८३ - १३:४०
काठमाडौं । प्रतिनिधिसभाको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। आजको बैठकपछि अर्को बैठक साउन १४ गते बस्ने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति ज...
आषाढ़ ३१ गते, २०८३ - १३:१२
काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। आज बिहान माइतीघर मण...
आषाढ़ ३१ गते, २०८३ - १२:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...
आषाढ़ ३१ गते, २०८३ - १२:१५
काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...
आषाढ़ ३१ गते, २०८३ - ११:५८
तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...
आषाढ़ ३१ गते, २०८३ - ११:४६
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...
आषाढ़ ३१ गते, २०८३ - ११:३३
काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...
आषाढ़ ३१ गते, २०८३ - ११:१२
रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...



प्रतिकृया लेख्नुहोस्: