काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरूले बुधबार सिंहदरबारभित्र भेला भएर काम बन्द गर्दै विरोध प्रदर्शन गरेका हुन्।
सरकारले नयाँ आर्थिक वर्षको सुरुआतसँगै अर्थात् साउन १ गतेदेखि करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने तयारी गरेको भन्दै कर्मचारीहरूले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
आन्दोलनरत कर्मचारीका अनुसार सरकारको निर्णयबाट संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५७ हजार करार तथा दैनिक ज्यालादारी कर्मचारी प्रत्यक्ष प्रभावित हुनेछन्। तीमध्ये संघ सरकारअन्तर्गत करिब १४ हजार, प्रदेश सरकारअन्तर्गत ८ हजार र स्थानीय तहमा करिब ३५ हजार कर्मचारी कार्यरत रहेका छन्।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका अध्यक्ष काशीराज श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रका यस्तै प्रकृतिका कर्मचारीसमेत जोड्दा करिब दुई लाख जनाको रोजगारी जोखिममा पर्ने दाबी गरे। उनका अनुसार लामो समयदेखि सेवा दिँदै आएका कर्मचारीलाई हटाएर आउटसोर्सिङ (ठेक्का प्रणाली) मार्फत नयाँ जनशक्ति व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १३:४०
काठमाडौं । प्रतिनिधिसभाको बैठक अब दुई सातापछि मात्रै बस्ने भएको छ। आजको बैठकपछि अर्को बैठक साउन १४ गते बस्ने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति ज...
आषाढ़ ३१ गते, २०८३ - १३:१२
काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। आज बिहान माइतीघर मण...
आषाढ़ ३१ गते, २०८३ - १२:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...
आषाढ़ ३१ गते, २०८३ - १२:१५
काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...
आषाढ़ ३१ गते, २०८३ - ११:५८
तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...
आषाढ़ ३१ गते, २०८३ - ११:४६
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...
आषाढ़ ३१ गते, २०८३ - ११:३३
काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...
आषाढ़ ३१ गते, २०८३ - ११:१२
रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...
आषाढ़ ३१ गते, २०८३ - १०:४२
काठमाडौं। सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा का...
आषाढ़ ३१ गते, २०८३ - १०:३४
नेपालगन्ज। बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म ज...



प्रतिकृया लेख्नुहोस्: