पर्वत, १५ असार । श्रीमानले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन तर, पर्वतमा भने पहिलोपटक पत्नी पीडित भएको भन्दै दुईवटा उजुरी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज रचना थापाका अनुसार महिला सेलमा दुई जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन् । न्यायका लागि उजुरी दिनेमा जलजला गाउँपालिका–२ धाइरिङका एक पुरुष र कुश्मा नगरपालिका–१ पाङका अर्का पुरुष छन् ।
उनीहरु दुवै जनाले श्रीमतीले छोराछोरी पालनपोषणमा ध्यान नदिएको र घरभन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएका हुन् । उजुरीउपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पीडित पुरुषका श्रीमान्श्रीमती दुवै जनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नी पीडित व्यक्तिको मुद्दा अझै कानूनी प्रक्रियामा छ । यस्तै सेवा केन्द्रमा आव २०७४÷७५ मा जेठ महिनासम्म ५९ वटा घरेलु हिंसा सम्बद्ध उजुरी दर्ता भएका छन् । उक्त उजुरीमध्ये प्रहरी आफैँले ४१ वटा उजुरी मिलापत्र गराएको छ भने सातवटा उजुरीमा मिलापत्र गराउन नसकेपछि अदालतमा पठाएको छ । त्यसैगरी, आठवटा उजुरी कानूनी प्रक्रियामा छन् भने तीनवटा उजुरी दिएका व्यक्ति सम्पर्कमा नआएको महिला तथा बालबालिका सेवा केन्द्र इञ्चार्ज थापाले बताए । राससaplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: