Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

निर्वाचन आचारसंहिता विपरीत निर्णय खारेज गर्नु उचित – नेता नेपाल

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आचारसंहिता विपरीत तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले खारेज गर्नु उचित भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्र्दै उनले भने , “तत्कालीन सरकारले गरेको निर्णय खारेज गर्ने वर्तमान सरकारको निर्णयबाट मुलुकमा प्रणालीको विकास शुरु भएको छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले संक्रमणकालमा गरिने निर्णय सहमति र सहकार्यमा नगरिएकाले बहुमतको वर्तमान निर्वाचित सरकारले खारेज गरेको उल्लेख गर्दै डा गोविन्द केसीको भूमिका र उठाएको माग सम्बोधन गर्न गाह्रो भएको बताए । राष्ट्रिय नेता मनमोहनको नाममा स्थापना भएका संस्था बन्द गर्ने र करोडांै रुपैयाँ खर्चिएर नेपाली विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने उद्देश्य राम्रो होइन भन्दै उनले अनसन त्यागेर शिक्षा र स्वास्थ्यका समस्या समाधान गर्न सरकारसँग वार्तामा आउन उनलाई आग्रह गरे । नेता नेपालले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण रोक्न वर्तमान सरकार कटिबद्ध रहेको चर्चा गर्दै जनताको शिक्षा र स्वास्थ्यको दायित्व सरकारले लिने बताए । क्षणिक आवेशमा नआउन र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै उहाँले प्रतिपक्षले वर्तमान सरकारलाई कार्य गर्न नदिने गरी गरिएको निर्णयले उल्टै नेपाली काँग्रेसप्रति नै जनताले आरोप लगाउने धारणा व्यक्त गर्नुभयो । नेता नेपालले मुलुकका गरिबी, बेरोजगारी, अभाव र पछौटेपन जस्ता समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य गरी समृद्ध नेपाल, सुखी नेपाली बनाउनेतर्फ लाग्न पनि काँग्रेसलाई आग्रह गरे । जनताको विश्वास जित्न कार्यकर्तालाई सुझाव यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीका कार्यकर्तालाई जनताको मन र विश्वास जित्नका लागि अग्रसर हुन सुझाव दिएका छन् । विराटनगरस्थित पार्टी कार्यालयमा आज पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफ्नो भूमिकालाई कुशलता र क्षमतालाई सदुपयोग गरेर जनताको समस्यालाई समाधान गर्न इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । नेता नेपालले दुई विशाल पार्टीको एकताबाट सिङ्गो मुलुकका साथै अन्तर्राष्ट्रिय क्षेत्रसमेत तरङ्गित एवं उत्साहित भएको उल्लेख गर्दै मुलुक सञ्चालनको जिम्मेवारीसमेत अहिले पार्टीको काँधमाथि आएकाले कार्यकर्ताको दायित्व अझै बढेको बताए । पार्टी एकतापछि साङ्गठनिक संरचनाका काम केन्द्रमा पनि पूर्णरुपमा हुन नपाएको र तीन महिनासम्ममा प्रदेशलगायत जिल्लास्तर संगठनका कार्य पूरा हुने विश्वास व्यक्त गर्दै उहाँले समृद्ध मुलुक निर्माणका लागि सबै अग्रसर हुनुपर्ने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy