Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

राष्ट्रियसभामा मन्त्री विष्टको जवाफ

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले रोजगारदाता र श्रमिकबीचको असल सम्बन्ध निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री विष्टले भने, “श्रम क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिले अब उप्रान्त ठाउँ पाउने छैन, रोजगारलाई भरपर्दो, पारदर्शी र विश्वासयुक्त बनाइनेछ, स्वदेशमै सीपयुक्त जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।” आगामी साउन १ गतेदेखि श्रमिकको न्यूनतम ज्याला समेटिएको ऐन कार्यान्वयनमा आउने जानकारी दिँदै उनले देशमा रोजगारका आधार निर्माण नभएसम्म आफैँलाई चाहिने आवश्यक जनशक्ति पनि तयार हुन नसक्ने बताए । मन्त्री विष्टले भने, “सीपयुक्त जनशक्ति उत्पादन गर्न र सरकार, निजी क्षेत्र तथा सहकारीमार्फत रोजगारीको आधार फराकिलो बनाउने काम शुरु गरिएको छ, रोजगारीका क्षेत्रलाई व्यवस्थित तुल्याउन अब लगातार सुधारको कार्यक्रम अघि बढाइनेछ, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत एक वर्षमा एक लाख युवालाई रोजगारी दिने गरी कार्यक्रम निर्माण भइसकेको छ, प्रदेश र स्थानीय तहसँग समन्वयन गरी रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ । सात सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिनेछ । अहिले ४३ लाख युवा विभिन्न मुलुकमा रोजगारीका लागि विदेशिएको जानकारी दिँदै उनले सरकारको कर्तव्य भनेको युवालाई सुरक्षित राख्नु र रोजगारी दिलाउनु हो उनले जोड दिए । मन्त्री विष्टले भने “रोजगारबाटै विकासको आधार तयार गर्नुपर्ने आवश्यकता छ, यदि हामीले सही ढंगले त्यसो गर्न सकेनौँ भने देश केही वर्षमा युवाविहीन अवस्थामा पुग्ने हुँदा सम्बद्ध मन्त्रालयसँग समन्वयात्मक भूमिकाबाटै रोजगारीका अवसर सिर्जनाका लागि व्यवस्थित कार्यविधि सार्वजनिक गरिनेछ । ” धेरैभन्दा धेरै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले कार्यक्रम अघि बढाउने जानकारी दिँदै उनले योगदानमा आधारित सुरक्षा कार्यक्रम एक वर्षभित्र कार्यान्वयनमा ल्याइनेछ भने ।  
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy