काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको दोस्रो चरणको वार्तामा सहमति जुटेपछि परिवार शव बुझ्न तयार भएको हो।
करिब २४ घण्टासम्म चलेको वार्तापछि भएको सहमतिअनुसार घटनाको निष्पक्ष छानबिनका लागि सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउनेछ।
सहमतिअनुसार गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषय छानबिन प्रतिवेदन, प्रचलित कानुन र विगतका अभ्यासका आधारमा अघि बढाइनेछ। साथै, घटनाका दिन फिल्डमा खटिएका काठमाडौं महानगर प्रहरीका कर्मचारीलाई छानबिन प्रतिवेदन नआउञ्जेल निलम्बनका लागि प्रक्रिया अघि बढाइने भएको छ।
काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताअनुसार रोजगारी उपलब्ध गराउने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने तथा आश्रित परिवारलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अन्त्येष्टि, काजकिरिया, यातायात, बसोबास तथा परिवारका सदस्यको स्वास्थ्य बीमाको व्यवस्थासमेत महानगरपालिका र सम्बन्धित निकायले गर्ने सहमतिमा उल्लेख छ।
यससँगै परिवारले शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रियामा सहयोग गर्ने सहमति जनाएको छ। सहमति नजुट्दा रोकिएको पोस्टमार्टम प्रक्रिया अब अघि बढ्ने भएको छ।
घटनामा दोषी देखिएकामाथि छानबिन समितिको प्रतिवेदनका आधारमा थप कारबाही गरिने सहमति भएको छ। राहतस्वरूप उपलब्ध गराइने रकम भने सार्वजनिक गरिएको छैन। सरकारी पक्षका अनुसार पीडित परिवारसँगको सहमतिअनुसार उचित राहत उपलब्ध गराइनेछ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङसहितका प्रतिनिधि र पीडित परिवारका तर्फबाट श्रीमती एकमाया नेपाली, दाइ मदन नेपाली, मुगुका सांसद खड्गबहादुर शाहीलगायतले हस्ताक्षर गरेका छन्।
यसअघि नै काठमाडौं महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी, निःशुल्क शिक्षा तथा अन्य मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको थियो। यता, घटनाबारे उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले पनि छुट्टै छानबिन गरिरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...
आषाढ़ ३० गते, २०८३ - ०८:४८
चितवन । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो ...
आषाढ़ ३० गते, २०८३ - ०८:४४
काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रियामा प्रवेश गरेको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चा...
आषाढ़ ३० गते, २०८३ - ०८:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबार पदबहाली गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको बढ्दो प्रभावलाई म...
आषाढ़ ३० गते, २०८३ - ०८:२१
काठमाडौं । बर्डफ्लु संक्रमणका कारण कुखुरा उद्योग संकटमा परेका बेला यसको असर मासु बजारमा पनि देखिएको छ। कुखुराको माग घटेसँगै खसी, राँगा र माछाको मूल्य ...
आषाढ़ ३० गते, २०८३ - ०८:१३
काठमाडौं । लगातारको वर्षापछि अवरुद्ध बनेका काठमाडौं प्रवेशका मुख्य सडकहरू क्रमशः खुलाउने प्रयास तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउ...
आषाढ़ ३० गते, २०८३ - ०८:०४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बा १ ...
आषाढ़ ३० गते, २०८३ - ०७:४६
काठमाडौं । अमेरिकामा बस्दै आएकी एक नेपाली महिलाको नाममा रहेको बैंक चेक कीर्ते गरी संघीय सांसद आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको चेक जारी गरि...



प्रतिकृया लेख्नुहोस्: