लोकतन्त्रमा आलोचना हुनु स्वाभाविकै होः मन्त्री बाँस्कोटा
आषाढ़ २६ गते, २०७५ मगलवार 10th July, 2018 Tue१६:००:०७ मा प्रकाशित
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले लिएका नीतिलाई जनताले बुझ्ने भाषामा जनतासामु पस्कन विभिन्न मन्त्रालयका प्रवक्तालाई निर्देशन दिएका छन् ।
उनले भने, “सरकार सरकार हो, तपाईंहरुले दल विशेषको नीतिको व्याख्या गर्नुपर्दैन, यो काम राजनीतिक नेतृत्वले गर्छ । सरकारले गरेका कामको राम्रो व्याख्या गरी जनतालाई बुझाउनुहोस्, यसबाट नै सरकारको प्रभावकारिता वृद्धि हुन्छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयका गतिविधिलाई हरेक दिन अद्यावधिक गरी सञ्चारकर्मीमार्फत जनताकहाँ पु¥याउन प्रवक्तालाई आग्रह गरे
“मन्त्रालयगत निर्णयहरु स्पष्टरुपमा सञ्चारकर्मीलाई भनिदिनुस्, प्रष्टवक्ता बन्नुहोस्, तपार्इंले सम्प्रेषण गरेका सूचना, जानकारीको समाचार कसरी बनाउने भन्ने जिम्मा त सञ्चारकर्मीको हो”, मन्त्री बाँस्कोटाले भने ।
उनले सञ्चार क्षेत्रलाई द्विविधा हुने गरी सूचना तथा जानकारी नदिँदा राम्रो हुने चर्चा गर्दै सरकारका नीति, योजना तथा कामलाई प्रष्टरुपमा जनतालाई बुझाउने दायित्व प्रवक्ताको पनि हो भने ।
सूचना पाउने संविधान प्रदत्त अधिकार भए पनि कूटनीतिक, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षाका विषयसित सम्बन्धित सूचना तथा जानकारी दिँदा संवेदनशील बन्न मन्त्री बाँस्कोटाले आग्रह गरे ।
उनले भने, “लोकतन्त्रमा आलोचना, समालोचना हुनु स्वाभाविकै हो, जे छ त्यो स्पष्टरुपमा राखिदिनुस्, त्यसले सञ्चार क्षेत्र र सडकसमेतमा बहस हुन्छ, बहस भयो भनेर कोही डराउनुहुन्न ।”
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, “सरकारका प्रवक्ताले सरकारले जे निर्णय गर्छ त्यही भन्ने हो, सार्वजनिक गर्ने हो, मन्त्रालयगत सबै निर्णयको जानकारी सरकारका प्रवक्तासित नहुन सक्छ, यस्तो अवस्थामा मन्त्रालयका प्रवक्ताले सही, स्पष्ट सूचना दिनुपर्छ ।”
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनतासामु सञ्चार माध्यममार्फत पस्कने काम प्रवक्ताको रहेको चर्चा गर्दै समयमा स्पष्टरुपमा सत्यतथ्य जानकारी दिन प्रवक्तालाई आग्रह गरे ।
उनले मन्त्रालयले राजपत्रलगायत सूचना मोबाइल एप्समा राख्न शुरु गरिसकेको जानकारी पनि दिए ।
कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक कार्यान्वयनमा ‘प्रवक्ता र सूचना अधिकारीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रवक्ताहरु प्रचारमुखी भइदिँदा मन्त्रालयको प्रभावकारितामा वृद्धि हुन्छ भने ।
उनले भने, “तपाईंहरु निर्धक्करुपमा आफ्ना कामका बारेमा जनतालाई सूचना तथा जानकारी दिनुहोस्, यस कार्यमा आइपर्ने समस्या समाधान गर्न म सहजीकरण गरिदिन्छु ।”
वरिष्ठ पत्रकार तीर्थ कोइरालाले ‘प्रवक्ता र सूचना अधिकारीसँग पत्रकारको अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार देखेर प्रवक्ता आत्तिनु हुँदैन, प्रवक्ता सक्रिय भएमा मन्त्रालयको विश्वसनीयता बढ्छ भने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्रीराम तिवारीले प्रवक्ताका क्षमता अभिवृद्धि गर्न मन्त्रालयले ध्यान दिँदै आएको बताए। कार्यक्रममा विभिन्न मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारीको सहभागिता रहेको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: