जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि राष्ट्रियसभामा बहस, कसले के भने ?
आषाढ़ २६ गते, २०७५ मगलवार 10th July, 2018 Tue१७:३५:३१ मा प्रकाशित
काठमाडौँ। राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस्’ भनी राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ ।
उक्त प्रस्तावको समर्थन गर्दै काँग्रेसका रमेशजंग रायमाझीले सदनमा सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहे पनि मुलुकको विकास र समृद्धिका लागि आवश्यकता र औचित्यका आधारमा एजेण्डालाई प्राथमिकता दिएर कार्यान्वयनमा लैजानुपर्छ भने ।
उहाँले भन्नुभयो, “माथेमा कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुको साटो सरकारले बहुमतको दम्भ नदेखाओस्, अध्यादेश अनुसारको विधेयक आओस् ।”
सत्तापक्ष नेकपाका सांसद परशुराम मेघी गुरुङले डा केसीको माग पूरा भइसकेको छ, राज्यको ध्यानाकर्षण गराउने प्रयास सफल भइसकेकाले थप छलफलको औचित्य नरहेको धारणा राखे ।
उनले भने, “माथेमा कार्यदल गठन गर्दाको अवस्थाको राजनीतिक परिस्थिति बदली सकेको अवस्थामा प्रतिवेदन जस्ताको त्यस्तै लागू हुन सक्छ कि सक्दैन भन्ने प्रश्न छ । राष्ट्रको आवश्यकताअनुसार सदनले पारित गर्ने कुरालाई अन्यथा रुपमा व्याख्या गर्ने अनि राज्यलाई बाध्यात्मक बनाउन कुरा कतिको लोकतान्त्रिक पद्धति हो रु संसदलाई सम्मान गर्न डा केसीले अनशन तोडेर छलफलमा आउनुपर्छ ।
सांसद प्रकाश पन्थले संघीयताको मर्म र भावना तथा दूरदराजका जनताले राजधानीको जस्तो स्वास्थ्य शिक्षा र उपचार पाउनुपर्छ कि पर्दैन भनी प्रश्न गर्दै डा केसीले शान्तिपूर्ण रुपमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई हटाउन गरेकाे आन्दोलनलाई अन्यथा रुपमा हेरिनु नहुने तर्क गरे ।
सांसद कालीबहादुर मल्लले सामान्यत डा केसीले उठाउनुभएको गलत नभए पनि अहिलेको आन्दोलनको विधि र बाटो छोडेर जनताको उपचारमा संलग्न हुने कुरा नै उचित रहेको टिप्पणी गरे। उनले भने, “केसीको आन्दोलन एक जना वृद्धाले नेपालगन्जमा बस चढ्ने बेलामा खोलेको जुत्ता काठमाडौँको बसपार्कमा आएर खोजिएको जस्तो भयो ।”
सांसद धनकुमारी खतिवडाले सरकार इमान्दार नभएकै कारण डा केसीले १५औँ पटक उही विषयमा अनशनमा बस्नु परेको घटना सुनाउँदै सरकार सम्झौता गर्छ तर कार्यान्वयन गर्दैन भन्ने घटनाका रुपमा यसलाई लिन सकिने बताए ।
सांसद जीवन बुढाले डा केसीले उठाएको मागलाई सम्बोधन गर्ने क्रममा सरकारले विधेयकलाई समयअनुकूल सुधार गरेर अघि बढाएको अवस्थामा अनशन बस्नुको औचित्य नरहेको टिप्पणी गरे । उनले भने, “स्वास्थ्य सेवा खोल्न बन्द गराएर मेडिकल शिक्षाको विकास कसरी सम्भव होला, स्वाथ्य सेवा क्षेत्रमा नयाँ प्रविधिको विकास गर्नुपर्नेमा १५आँै पटक अनशन बस्नुभयो, अब उहाँलाई अनशन विभागको प्रमुखको जिम्मेवारी दिनुपर्छ जस्तो पो देखियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: