Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

गुफामा थुनिएका १३ जनाको सकुशल उद्धार

बैंकक। थाइल्याण्डमा गएको १८ दिनदेखि बाढीका कारण एक गुफामा थुनिएका सबै १३ जनाको मङ्गलबार उद्धार गरिएपछि यहाँ बुधबार ठूलो खुशियाली छाएको समाचार छ । थाइल्याण्ड मात्र नभएर विश्वकै सञ्चारमाध्यमहरुको एक प्रमुख आकर्षणका रुपमा रहेको यस घटनाको बुधबारका विश्वका अखबारमा पनि प्रमुख समाचार बनेको छ । तीन दिन लगाएर १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकलाई उक्त गुफाबाट सकुशल बाहिर निकाल्न सफल भएपछि थाइल्याण्डका नौसैनिकहरुले पनि आफ्ना फेसबुक पेजहरुमा निकै ठूलो खुशी साटेका छन् । फुटबलको तालिमका लागि गएका १६ वर्ष मुनिका १२ जना बालक र उनीहरूका एकजना २५ वर्षीय प्रशिक्षक व्यापक वर्षापछि आएको बाढीका कारण अठार दिनदेखि गुफामा फसेका थिए । थाई नौसैनिकले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ । सो गुफामा थुनिएका बाँकी पाँच जनालाई लिएर मङ्गलबार अपरान्ह एम्बुलेन्स चियाङ राइस्थित अस्पताल पुग्दा त्यहाँ रहेका आफन्त र सरकारी अधिकारीहरुले खुशियाली साटासाट गरेका थिए । उनीहरुको उद्धारको काम आइतबार बिहानबाट सुरु भएको थियो । आइतबार गोताखोरहरुले चार जनाको मात्र उद्धार गरी बाहिर निकाल्न सकेका थिए । त्यस्तै सोमबार चार र मङ्गलबार पाँचजनाको उद्धार गरिएको हो । मङ्गलबार निकै ठूलो वर्षा भएको थियो । वर्षाका कारण उक्त गुफामा पसेको बाढीको बहाव झनै बढेको थियो । जसका कारण गुफामा बाँकी रहेका पाँच जनालाई बाहिर निकाल्न नसकिने त होइन भन्ने त्रास पनि बढेको थियो । तर पनि अपरान्ह्सम्ममा उद्धारको काम सम्भव भएपछि भने देशैभरि हर्ष छाएको थियो । ती सबैजना अर्थात् १२ जना बालक र उनीहरुका एकजना प्रशिक्षकलाई अस्पतालमा राखिएको छ । लामो समयदेखि गुफामा रहदा उनीहरुको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन् । उनीहरुलाई हेर्न आफन्तहरु अस्पताल पुगेका थिए । त्यस्तै थाइल्याण्डका प्रधानमन्त्रीले पनि अस्पतालमै पुगेर सबै १३ जनालाई भेट्नुभएको बताइएको छ । यसैबीच बुधबार प्राप्त समाचारमा उनीहरुको उद्धारका कारण देशैभरि खुशियाली छाएको छ । ती बालकहरुको विद्यालयमा बुधबार शिक्षक र विद्यार्थीहरुले एक कार्यक्रम गरेर खुशी मनाएका बताइएको छ । त्यसैगरी उनीहरुका गाउँमा आफन्तहरुले पनि खुशियाली मनाएका बताइएको छ । सामाजिक सञ्जालहरुमा देशैभरिका नागरिकले उद्धारमा खट्ने थाइ सैनिक तथा विदेशी विज्ञ र गोताखोरहरुलाई विशेष धन्यवाद दिएका छन् । थाइल्याण्ड सरकारले पनि उद्धारको कार्यलाई सफलतापूर्वक सम्पन्न गर्ने सबैजना सदस्यलाई विशेष धन्यवाद ज्ञापन गरेको बताइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy