Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

पहिराले १२ घर उच्च जोखिममा

चौतारा । अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् । बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको प्रहरीचौकी भोटेचौरले जनाएको छ । भूकम्पपीडितले निजी आवास निर्माण गर्ने सामान लान डोजरद्वारा सडक खनेको हुँदा तीन घर आधा पुरिएको दुई घर आधा ढल्केको तथा सात घरसहित १२ घर उच्च जोखिममा परेका छन् । स्थानीयवासी रामचन्द्र खनाललगायत १२ घर परिवारले सामान सारिसकेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ । त्यस्तै मेलम्ची नपा–२ भोटेचौरस्थित जैसी गाउँमा पनि बिहीबार राति एक विश्रामस्थल पुरिएको छ । नगरपालिकाले खनेको चक्रपथको ढुंगा माटो झरेर सञ्चालक परशुराम खतिवडाको टहराको आधा भाग पुरेपछि त्यहाँ सुतिरहेका पाँच परिवार राति नै भागेर ज्यान बचाउन सफल भएको वडा सदस्य नगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । अविरल वर्षाले अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डको दश किलोको दुई तीन स्थानमा माथिबाट पहिरो भरेर सडक अवरुद्ध भएको छ । त्यहाँ आज पनि निरन्तर वर्षा भइरहेकाले पन्छाउन समस्या भइरहेको सीमा प्रहरी कोदारीले जनाएको छ । त्यसै गरी लामोसाँघु–जिरी सडकअन्तर्गत मुढे खण्ड र मेलम्ची–भोताङ सडकखण्डको तिपेनीमा गएको पहिराले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy